+
+
Shares

गोरखाका युवक लागूऔषधसहित महोत्तरीमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ६ गते १९:२६

६ कात्तिक, जनकपुरधाम । महोत्तरी प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाको आरुघाट गाउँपालिकाका जगत खत्री छन् ।

महोत्तरीको भिठामोडबाट जनकपुरतर्फ आउँदै गरेको बसलाई जलेश्वर नगरपालिका २ मा रोकेर चेकजाँच गर्दा १८ बर्षीय खत्रीलाई लागूऔषधसहित पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रबक्ता प्रकाश विष्टले जनाएको छ ।

खत्रीको साथबाट नाइट्रेभेट ट्याब्लेट ६ सय थान, डाइजेपाम इन्जेक्सन ११ थान, फेनारगन इन्जेक्सन ११ थान, नुफिन इन्जेक्सन १० थान बरामद भएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?