Comments Add Comment

‘ए मेरो हजुर ४’ मा अनमोल–सुहानाको यस्तो लुक्स

यो बर्षको दशैंमा चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शन मिति तय गरिएको थियो । तर, कोरोना कहरका कारण चलचित्रको छायांकन पनि पुरा हुन सकेन । निर्माणपक्षले करिब ७ महिनापछि गतसाता चलचित्रको छायांकन सुरु गरेको थियो ।

यो बर्षको दशैंमा चलचित्र ‘ए मेरो हजुर ४’ रिलिज हुन नपाएपनि यसको निर्माणपक्षले भने चलचित्रका मुख्य कलाकार नायक अनमोल केसी र नायिका सुहाना थापाको लुक्स भने सार्वजनिक गरेको छ ।

चलचित्रका कलाकार, निर्माता, निर्देशक र प्राविधिकहरुले दशैंको शुभकामना दिदै चलचित्रमा कलाकारको लुक्स सहितको पोष्ट सार्वजनिक गरेका हुन् ।

‘ए मेरो हजुर ३’मा म्यूजिक स्टारको रुपमा देखिएका नायक अनमोल केसी यो चलचित्रमा भने चकलेटी अवतारमा देखिएका छन् । नायिका सुहाना थापाको पनि चलचित्रको तेश्रो सिरिज भन्दा यसमा केही फरक गेटअप देखिएको छ ।

झरना थापा निर्देशित चलचित्रमा नायक सलोन बस्नेतको पनि मुख्य भूमिका छ । चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment