+
+

न्यूयोर्कमा कोभिड–१९ च्याम्पियन अवार्डबाट सामाजिक अभियन्ता सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १० गते ७:०१

न्यूयोर्क । युनाइटेड शेर्पा एशोसियसन (शेर्पा किदूग), न्यूयोर्क र ह्युमानिटेरियन अफ दि वर््ल्डको संयुक्त आयोजनामा नेपाली र साउथ एशियन सामाजिक अभियन्ता र संघसंस्थाहरूलाई सम्मान गरिएको छ ।

शनिवार अक्टुवर २४ तारिख न्यूयोर्कस्थित शेर्पा किदूगको गुम्बामा आयोजित कोभिड–१९ च्याम्पियन अवार्ड २०२० मा सम्मानित हुनेहरूमा शेर्पा किदूगका संस्थापक प्रेसिडेन्ट सोनाम जि शेर्पा, सामाजिक अभियन्ता डा. विष्णुमाया परियार, नेपाली जनसम्पर्क समिति अमेरिका सभापति आनन्द विष्ट, युवा नेता नवराज केसी, युवा नेता सोमनाथ घिमिरे, नेपाली जनसम्पर्क समिति अमेरिका महासचिव मुनिन्द्र नेम्वांग, एनआरएन अमेरिका न्यूयोर्क च्याप्टर रामहरि अधिकारी, पासांग लामा र जगदिश सवानी छन् ।

त्यसैगरी सम्मानित सामाजिक संघसंस्थाहरूमा तेन्जिंग नोर्गे शेर्पा फाउण्डेशन, ड्रुक्पा युएसए, एटोम्स ईंक, सिंगापुर गोर्खा पोलिस एक्स–सर्भिसमेन एशोसियसन, नेपालिज अमेरिका नर्स एशोसियसन, सेवा ईन्टरनेसनल, हिन्दू स्वयमसेवक संघ युएसए, गायत्री चेतना सेन्टर, विश्व हिन्दू परिषद अफ अमेरिका, ग्रो एनवाईसी र रबिनहुड फाउन्डेशन रहेका छन् ।

उक्त पुरस्कार समारोहमा शेर्पा किदूगका प्रेसिडेन्ट उर्गेन शेर्पा, ह्युमानिटेरियन अफ दि वर्ल्डका संस्थापक डा. अदल हुसैन र शेर्पा किदूगका बोर्ड अफ ट्रस्टी प्रेसिडेन्ट पेम्बा शेर्पाले सम्मानित सामाजिक अभियन्ता र संघसंस्थाहरूलाई कदरपत्र प्रदान गरेका थिए । समारोहको सन्चालन शेर्पा किदूगका महासचिव कर्मा लामाले गरेका थिए ।

यसैबिच, उक्त पुरस्कार समारोहमा युनाईटेड शेर्पा एशोसियसन (शेर्पा किदूग) लाई न्यूयोर्क स्टेट् एसेम्ब्लीबाट प्रोक्लेमेसन, न्यूयोर्क सहरको क्वीन्स् बोरो प्रेसिडेन्ट सारोन ली र काउन्सिल मेम्बर डानियल ड्रोमबाट साइटेसन जारी गरी सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?