Comments Add Comment

थप १७४१ जनामा कोरोना संक्रमण

१० कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६ पीसीआर परीक्षणमा १०६४ पुरुष र ६७७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ । पछिल्लो २४ घण्टामा ४००५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

हालसम्म १ लाख १५ हजार ६ सय ७५ जना कोरोना  भाइरस स‌ंक्रमणमुक्त भएका छन् ।

सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा ६७३ जना भेटिएका छन् । त्यस्तै सुनसरीमा १८५, ललितपुरमा १४६, कास्कीमा १०१, भक्तपुरमा ७६ जना, नवलपरासी पूर्वमा ६० जना, काभ्रेमा ५९ जना, रुपन्देहीमा ५८ जना, झापामा ५० जना, अर्घाखाँचीमा ३३ जना संक्रमित भेटिएका छन् ।

सप्तरी र मकवानपरमा २९/२९ जना, तनहुँमा २५ जना, चितवनमा २४ जना, कपिलवस्तुमा २२ जना, बागलुङमा १७ जना, महोत्तरीमा १४ जना, मोरङमा १३ जना, धनुषा र बाँकेमा १२/१२ जनामा संक्रमण पुष्टि भएको छ ।

नुवाकोटमा ८ जना, दोलखामा ७ जना, गुल्मी र नवलपरासीमा ६/६ जना, बारा, सिन्धुली र दैलेखमा ५/५ जना, सर्लाही, रामेछाप, लमजुङ र प्युठानमा ४/४ जना, स्याङ्जा र दाङमा ३/३ जना, सिराहा, सिन्धुपाल्चोक र पर्वतमा २/२ जना, उदयपुर, ताप्लेजुङ, गोरखा, पाल्पा, जुम्ला, रुकुम पश्चिम, अछाम, कञ्चनपुर र दार्चुलामा १/१ जना संक्रमित भेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment