+
+
Shares

पाकिस्तानको मदरसामा बिस्फोट, ८ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ११ गते १५:१५

११ कात्तिक, काठमाडौं । पाकिस्तानको एक मदरसामा बम बिस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ११० जना घाइते भएका छन् ।

खैबर पख्तुनख्वाह प्रान्तको पेशावर सहरस्थित जमिया जुबेरिया मदरसामा त्यसबेला बिस्फोट भएको हो, जतिबेला विद्यार्थीहरु कुरान पढिरहेका थिए । बिस्फोटमा मृत्यु भएकामध्ये चार जना विद्यार्थी छन् । उनीहरुको उमेर २० देखि २५ वर्षसम्म छ ।

अहिलेसम्म घटनाको कुनै समूहले जिम्मा नलिएको डन न्यूजले जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले विस्फोटको निन्दा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?