
११ कात्तिक, काठमाडौं । गोरखाकी एक कोरोना संक्रमित महिलाको चितवनमा उपचारका क्रममा मृत्यु भएको छ । बारपाक सुलिकोट गाउँपालिका- १ कि १९ वर्षीया महिलाको मंगलबार दिउँसो पौने ४ बजे मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।
कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भई ६ गते अस्पताल भएकी ती महिलामा स्वासप्रश्वासमा समस्या देखिएको थियो र आईसीयूमा राखेर उपचार गरिएको थियो ।
स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि भेन्टिलेटरमा राखी उपचारका सबै उपायहरु गर्दा गर्दै मृत्यु भएको अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएको छ । अस्पतालका अनुसार उनी सुत्केरी भएको १९ दिन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4