
१२ कात्तिक, दैलेख । दैलेखको नौमुले गाउँपालिका-१ राइले धनीगाउँ बस्ने ४० वर्षीय भबिन्द्र शाहीको कुटपिट गरी हत्या गरेको अभियोगमा ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
भबिन्द्रलाई मंगलबार बेलुका ६ जना व्यक्तिहरुले कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे थाहा पाएपछि पुगेको जिल्ला प्रहरी कार्यालय दैलेख र इलाका प्रहरी कार्यालय नौमुलेको टोलीले ६ जनालाई पक्राउ गरेको हो ।
उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4