+
+

तनहुँमा २४० तिब्बती शरणार्थीको परिचयपत्र नवीकरण

रासस रासस
२०७७ कात्तिक १३ गते ७:२६

१३ कात्तिक, रासस । जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षमा २ सय ४० तिब्बती शरणार्थीको परिचयपत्र नवीकरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँबाट तिब्बती शरणार्थी परिचयपत्र लिएकामध्ये असोज मसान्तसम्म २ सय ४० जनाको परिचयपत्र नवीकरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार प्रशासन कार्यालयबाट तिब्बती शरणार्थीको परिचयपत्र लिनेको संख्या ३ सय २० रहेको छ ।

तिब्बती शरणार्थी वर्षौंदेखि शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित तिब्बतीयन क्याम्पमा बसोबास गर्दै आएका छन् । कार्यालयले नयाँ परिचय पत्र भने वितरण नगरेको जनाएको छ ।

कार्यालयमा चालु आर्थिक वर्षको तीन महिनामा ९८ वटा हातहतियार नवीकरण गरिएका छन् । साउनमा ८, भदौमा ६१ र असोजमा २९ हातहतियारको नविकरण भएको प्रशासनले जनाएको छ । त्यस्तै दुई हातहतियारको नामसारी गरिएको छ ।

कार्यालयले साउनमा २ सय ६१, भदौमा ९१ र असोजमा ७ सय ११ गरी १ हजार ६३ वटा वंशजका आधारमा नागरिकता वितरण गरेको छ । साउनमा ९२, भदौमा २ सय ३३ र असोजमा ४ सय ५८ गरी ७ सय ८३ वटा नागरिकताको प्रतिलिपी वितरण गरिएको प्रशासनले जनाएको छ । यस अवधिमा एक जनाले नागरिकता परित्याग गरेका छन् ।

प्रशासनले तीन महिनामा ४ सय ९५ राहदानी जिल्लाबाट सिफारिस, ८१ दु्रत सेवा सिफारिस र ३ सय ९६ वटा राहदानी वितरण गरेको छ । यसैगरी विपद् पीडितलाई रु १३ लाख २९ हजार राहत वितरण गरिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?