+

रासफोर्डको हृयाट्रिकसँगै युनाइटेडको शानदार जित

२०७७ कात्तिक  १३ गते १२:०५ २०७७ कात्तिक १३ गते १२:०५
रासफोर्डको हृयाट्रिकसँगै युनाइटेडको शानदार जित

काठमाडौं । सब्सिच्युट मार्कुस रासफोर्डको हृयाट्रिकसँगै म्यानचेष्टर युनाइटेडले च्याम्पियन्स लिगमा आरबी लिपिङमाथि शानदार जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा एकघण्टाको खेल सकिएपछि मैदान प्रवेश गरेका रासफोर्डले मात्र १६ मिनेटभित्र तीन गोल गरे । ७४औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका उनले ७८ र इन्जुरी टाइममा गोल गर्दै हृयाट्रिक पूरा गरे ।

ओल्ड ट्राफर्डमा भएको खेलमा युनाइटेडले २१औं मिनेटमा मेसन ग्रिनवुडको गोलबाट अग्रता लिएको थियो । यस्तै ८७औं मिनेटमा एन्थोनी मार्सलले पेनाल्टीमा गोल गरे ।

समूह चरणको पहिलो खेलमा पेरिस सेन्ट जर्मेनलाई हराएको युनाइटेड ६ अंकसहित समूह एचको शीर्ष स्थानमा छ । पीएसजी र लिपिङको ३/३ अंक छ भने इस्तानबुल बासाकेशिर अंकविहीन छ ।

म्यानचेष्टर युनाइटेड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय