+
+
Shares

ललितपुरका मुख्य चोकमा नगर प्रहरीको नियमित ड्युटी

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १३ गते १४:१३

१३ कात्तिक, काठमाडौं । ललितपुर  महानगरपालिकाको नगर प्रहरी बलले अब चोक–चोकमा बसेर नियमित ड्युटी गर्ने भएको छ ।

ट्राफिकसँग मिलेर सवारी व्यवस्थापन, चोक आसपासको सडकको अवस्थाको रेखदेख, फुटपाथ नियन्त्रण, पार्किङको व्यवस्थापन लगायतका काम गर्ने गरी बिहीबारबाट ६ वटा चोकमा नगर प्ररहीको नियमित ड्युटी लगाउन थालिएको हो ।

मेयर चिरीबाबु महर्जनको योजना र निर्देशन अनुरुप नगर प्रहरी बलले कुपण्डोल क्षेत्र, हरिहरभवन चोक, पुल्चोक, जाउलाखेल, लगनखेल, मंगलबजारमा नगर प्रहरीले नियमित ड्युटी सुरु गरेको बल प्रमुख सीताराम हाछेथुले बताए ।

‘सवारीको व्यवस्थापन गर्ने मात्रै हैन, चोक वरपर फुटपाथमा ब्यापारीलाई बस्न नदिने, होडिङ बोर्ड लगाउन नदिने, सडक खन्न नदिने लगायतका काम चोकमा खटिएका नगर प्रहरीले गर्छन्,’ उनले भने,‘अहिलेसम्म गरप्ररहीको काम फुटपाथमा बसेकालाई लखेट्ने मात्रै थियो, हामी शहरी सुव्यवस्था प्रतिकुल हुने काम सुरुमै हुन नदिन खटिएका हौं ।’

उनले नगर प्ररहीले नै विदेशमा ट्राफिक व्यवस्थापन गर्ने गरेको स्मरण गराउँदै अब नियमित रुपमा चोमा खटिएर ललितपुर नगरप्रहरी बलले ट्राफिकसँगै काम गर्ने बताए ।

चोकचोकमा नगर प्रहरीलाई ड्युटी खटाउँदा नगरको व्यवस्था प्रतिकुल हुने गतिविधि नियनत्रण गर्न सजिलो हुने र त्यसले शहरलाई शान्त, सफा र सभ्य राख्न मद्धत गर्ने हाछेथुको भनाइ छ ।

ललितपुरले सडकमा बनाएको साइकल लेनलाई प्रभावकारी बनाउन र जथाभावी हुने पार्किङको निगरानी र नियन्त्रण गर्न पनि अब ललितपुरको नगर प्ररही बल आफैंले काम गर्ने भएको छ ।

‘पहिले ट्राफिक प्रहरीसँगै नगर प्रहरी कहिलेकाहीँ चोकमा स्वयं सेवकका रुपमा खटिन्थे,’ हाछेथु भन्छन्,‘तर, अब हामी ट्राफिक र जनपथ प्रहरी एकसाथ चोकहरुमा लगातार खटिन्छौं ।’

ललितपुरमा अहिले ७२ जना नगर प्रहरी छन् ।

हेर्नुहोस् चोक चोकमा खटिएका ललितपुरका नगर प्रहरी

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?