+

दशरथ रंगशालामा यसरी हुँदैछ फुटबल टीमको प्रशिक्षण

२०७७ कात्तिक  १३ गते १८:३८ २०७७ कात्तिक १३ गते १८:३८
दशरथ रंगशालामा यसरी हुँदैछ फुटबल टीमको प्रशिक्षण

१३ कात्तिक, काठमाडौं । बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने तयारीमा रहेको राष्ट्रिय फुटबल टीमको प्रशिक्षण सुरु भएको छ ।

बिहीबारदेखि दशरथ रंगशालामा बन्द प्रशिक्षण सुरु भएको प्रमुख प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए । २८ कात्तिक र २ मंसिरमा बंगलादेशले मैत्रीपूर्ण म्याच आयोजना गरेको छ ।

प्रशिक्षणमा अभिषेक रिजाल, विशाल श्रेष्ठ, देवेन्द्र तामाङ, सुजल श्रेष्ठ, विशाल राई, रञ्जित धिमाल, विकेश कुथु, सुमन अर्याल, नवयुग श्रेष्ठ, सेसेहाङ आङदेम्बे, जर्जप्रिन्स कार्की, विकास खवास, सरोज दाहाल, अमित तामाङ, सुवास गुरुङ, तेज तामाङ, अजित भण्डारी, रवी पासवान, सुनील वल, छिरिङ गुरुङ, आशिष लामा, अनन्त तामाङ, विक्रम लामा, मिक्चेन तामाङ, दिलेन लोक्तान, अञ्जन विष्ट, पुजन उपरकोटी, विमल राना, दीप कार्की, एरिक विष्ट, दर्शन गुरुङ, रोहित चन्द र किरण लिम्बुलाई बोलाइएको थियो ।

प्रशिक्षणका लागि बोलाइएकामध्ये चार जनामा नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ । चार जनालाई आइसोलेसनमा पठाइएको एन्फाका एक पदाधिकारीले जानकारी दिए । प्रशिक्षणअघि उनीहरूको बुधबार स्वाब संकलन गरिएको थियो ।

नियमित प्रमुख प्रशिक्षक योहान कालीन कोरोना महामारीका कारण स्वीडेनबाट नफर्केपछि प्रशिक्षक महर्जनलाई प्रमुख प्रशिक्षकको जिम्मेवारी दिइएको हो । एन्फाले किरण श्रेष्ठलाई सहायक प्रशिक्षक तथा विकास मल्ललाई गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

हेर्नुहोस् थप तस्वीरहरु 

तस्वीर सौजन्य : अखिल नेपाल फुटबल संघ (एन्फा)

एन्फा खेलकुद फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय