Comments Add Comment

सांग्रिला डेभलपमेन्ट बैंकको १६औं वाषिर्कोत्सवमा आमाको घरलाई सहयोग

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १६औं वाषिर्कोत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ३, काठमाडौ, रविभवनस्थित आमाको घरलाई आर्थिक सहयोग गरेको छ ।

उक्त आर्थिक सहयोगले आमाको घरमा आश्रति वृद्धवृद्धा तथा अनाथ बालबालिकाहरुलाई सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९२ शाखा कार्यालयहरुबाट  आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको यसै प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment