+
+
Shares

काठमाडौंमा छुरा प्रहारबाट युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १४ गते १६:४१

१४ कात्तिक, काठमाडौं । काठमाडौंस्थित धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार टोखा नगरपालिका–५ धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट शुक्रबार बिहान मृत्यु भएको हो ।

धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अज्ञात समूहले एक्कासी छुरा प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । उनको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले छुरा प्रहार गर्ने व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?