+
+
Shares

बलात्कारको प्रतिकार गर्दा बालिकाको हत्या प्रयास

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १६ गते १३:०१

१६ कात्तिक, जनकपुरधाम । सर्लाहीमा एक बालिकाको बलात्कार प्रयासपछि हत्या गर्ने प्रयास भएको छ ।

जिल्लाको पर्सा गाउँपालिका– ५ कि एक १० बर्षीया बालिकालाई भारतीय युवकले बलात्कारको प्रयास गरेको र बालिकाले प्रतिकार गरेपछि घाँटी रेर हत्याको प्रयास गरेको पीडित परिवारले बताएको छ ।

शुक्रबार दिउँसो बालिका खेतमा घाँस काटिरहेका बेला भारतको सितामढी घर भएका २७ बर्षीय मुकेश मुखियाले बलात्कारको प्रयास गरेको, बालिका चिच्याएपछि हँसियाले घाँटीमा आक्रमण गरेको र त्यही बेला मोटरसाइकलमा त्यही बाटो आइरहेका एक युवकले बचाएको वडा अध्यक्ष उमेश यादवले बताए ।

त्यस दिन बालिकाका आमा बुवालाई कुकुरले टोकेपछि त्यस दिन रेबिजबिरुद्वको सुई लिन सदरमुकाम मलगंवा अस्पताल गएका थिए । आमाबुवा मलगंवा गएपछि बालिका खाना खाएर सेक्टर बाँधको कुलो नजिकै घाँस काट्न गएकी थिइन् ।

उनी घाँस काटिरहँदा ती युवक साइकलमा उनको नजिकै आएका थिए । ‘शुरुमा तिम्रो घर कहाँ छ, कसको छोरी हौ, कति जना दिदी बहिनी र दाजुभाइ छौं ? भनेर ती युवकले बालिकासँग सोधे’ वडा अध्यक्ष यादवले भने, ‘त्यसपछि बालिकाको मुख थुन्दै लछार पछार गरेर जर्वजस्ती करणी गर्न खोजेका थिए ।’

तर, बालिका चिच्याउन खोज्दा उनकै हँसिया लिएर उनको हातको बुढी औंला, मुख काट्दै घाँटी पनि रेट्न खोजेको वडा अध्यक्ष यादवले बताए । घाँटी रेट्न खोजेकै समयमा धनकौलतर्फ जाँदै गरेका एक जना मोटरसाइकल चालकलले बालिका चिच्याएको सुनेर घटनास्थल पुगी बालिकाको उद्धार गरेको उनले बताए ।

ती मोटरसाइकल चालकले नै बालिकाको उद्धार गरी उपचारका लागि पुर्‍याएका थिए । बालिकाको घाँटीमा ७ वटा र औंलामा तीन वटा टाँका लगाउनुपरेको वडा अध्यक्ष यादवले जानकारी दिए ।

वडा अध्यक्ष यादवका अनुसार मुकेश रक्सी समेत पिएका थिए । उनी कसरी नेपाल आएका हुन् भन्ने कुरा खुलेको छैन ।

घट्नामा संलग्न युवक मुकेश मुखियालाई समातेर स्थानीयले प्रहरीको जिम्मा लगाएका छन् । मुखियाबिरुद्व करणीसम्बन्धी कसूरमा अनुसन्धान सुरु गरिएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?