Comments Add Comment

निद्रामा लापरवाही अर्थात् ज्यानलाई जोखिममा राख्नु

दिनभरको थकान मेटाउनको लागि हामीलाई कम्तीमा सातदेखि आठ घण्टासम्मको निद्रा आवश्यक पर्छ । चिकित्सकीय रूपमा हेर्दा पनि अनेक किसिमका समस्याहरूबाट बच्नको लागि पर्याप्त निद्रा अत्यावश्यक छ । तर आजकलका मानिसहरू र विशेषगरी युवाहरू निद्राका लागि एकदम लापरवाही गरिरहेका हुन्छन् । जसले धेरै ठूला रोगहरूको समस्या भोग्नुपर्ने देखिन्छ ।

धेरै अनुसन्धानहरूले यो कुरा पुष्टि गरेको छ कि निन्द्राको अभावका कारण युवाहरूमा विभिन्न तत्कालीन एवं दीर्घकालीन समस्याहरू देखिने गर्छ ।

आजका युवापुस्ताको सूचीमा सातदेखि आठ घण्टासम्म निदाउने बानी हराउँदै गएको छ । त्यस्तै, कोही मान्छे यति आलस्यमा हुन्छन् कि उनीहरू दिनभर ओछ्यानमा वा सोफामा सुतेर बस्छन् । उनीहरू राति सुत्दैनन् र दिउँसोको आलस्यलाई नै रातिको निद्रासँग जोड्न खोज्छन् ।

तर निन्द्राको अभाव एवं अनियमित र अनियन्त्रित दिनचर्याका कारण पूर्ण निद्रा पाउँदैनन् । यसमा पनि इलेक्ट्रोनिक ग्याजेटहरूले निन्द्रालाई सबैभन्दा बढी प्रभावित गर्दछ । यी सबै कारणले युवाहरू राति अबेर मात्रै निदाउँछन् । जसका कारण दिमागले ठीक समयमा निद्राको संकेत पाउँदैन र निद्रा चक्र प्रभावित हुन्छ । जुन बिस्तारै अनिद्रा रोगको कारण बन्दै जाने चिकित्सकहरू बताउँछन् ।

इलेक्ट्रोनिक ग्याजेटहरूको हानि

वर्ष २०१९ मा भारत लगायत विभिन्न देशमा गरिएको सर्वेक्षणले राति अबेरसम्म इन्टरनेट चलाउने, विभिन्न किसिमका खेलहरू खेल्ने, चलचित्रहरू हेर्ने, सामाजिक सञ्जाल आदि हेर्ने आदिमा विभिन्न स्वास्थ्य समस्या हुने गरेको छ ।

मनोचिकित्सकहरूका अनुसार यो एक किसिमको व्यक्तिगत लत हो । जसले मानिसहरूलाई उम्कनै नसक्नेगरी समाएको छ ।

मनोचिकित्सकहरूका अनुसार आज इलेक्ट्रोनिक ग्याजेटहरू अनिद्राको प्रमुख कारणको रूपमा पर्छन् । ती सामग्रीहरूले मान्छेको दिमागमा धेरै कुराहरू खेल्न थाल्छ ।

तिनीहरूले सोच्ने प्रक्रियालाई बढावा दिन्छन् । जसका कारण तपाईं निदाएको बेला केही सोच्दै हुनुहुन्छ । जसले तपाईंको निद्रालाई असर गर्दछ । अर्को समस्या उदासीनता र चिन्ताको हो । उदासीनताका कारण व्यक्तिले नकारात्मक कुरा सोच्छ र त्यस्तै कुरामा व्यस्त रहन्छ ।

निद्राको चक्र हुन्छ ‘रिसेट’

चिकित्सकहरूका अनुसार निद्राको एक चक्र ९० देखि १०० मिनेटसम्मको हुने गर्छ । एक व्यक्तिलाई आफ्नो एक निन्द्रा पूरा गर्न चारदेखि ५ वटा यस्तो चक्र पूरा गर्नुपर्छ । यदि यसलाई दैनिक लापरवाही गरियो भने निद्राको चक्रमा रिसेट हुन्छ । जसले मान्छेमा अनिद्रा सिर्जना हुन्छ । यदि यो लापरवाही लामो समयसम्म चल्यो भने त्यसैले धेरै रोगहरू निम्त्याउने गर्छ ।

निद्रा बिग्रने कारणहरू

–तनाव

–कामको कारण लामो यात्रा

–बारम्बार रातमा नसुत्नु

–राती अबेरसम्म खाना खाने बानी

–औषधिहरूको लगातार प्रयोग

–मस्तिष्क रोग

–अत्यधिक चिया र कफी खपत

–धुम्रपान

–शारीरिक गतिविधिको अभाव

अनिद्राको लक्षण

अनिद्रा एक समस्या हो । छोटो अवधिमा यो केही हप्तासम्म र लामो अवधिमा यो महिना वा वर्षसम्म रहन्छ । यदि तपाईंसँग अनिद्राको समस्या छ भने तपाईंले धेरै समस्याहरूको सामना गर्नुपर्ने हुन्छ ।

–रातमा सुत्ने बेला हुने कठिनाई

–८ घण्टा सुत्न असक्षम

–उठ्दा थकित महसुस हुनु

अनिद्राका कारण हुने अन्य रोगहरू

–धेरै रोगहरू निद्राको अभावले पनि हुन्छन् । जस्तै

–बेचैनी

–श्वासप्रश्वासमा समस्या

–सुत्ने समयमा पसिना आउनु

–मुटुमा असर

यस बाहेक भर्खरका ३५ वर्षभन्दा कम उमेरका मानिसहरूमा पनि हृदयघातको समस्या भइरहेको छ, जुन चिन्ताको विषय हो । यदि तपाईं आफ्नो निन्द्रामा लापरवाही गर्नुुहुन्छ भने सावधान हुनुहोस्, किनकि यसले तपाईंको सम्पूर्ण दिनचर्यामा सीधा असर गर्छ । तपाई दिनभर थकित महसुस गर्नुहुन्छ ।

सुरक्षाका विधिहरू

–सुत्ने र उठ्ने समय निर्धारण गर्नुहोस् ।

–बिहान वा बेलुका शारीरिक व्यायाम गर्नुहोस् ।

–ध्यान गर्नुहोस्, जसले अनिद्रालाई कम गर्नेछ।

–अनिद्रालाई प्रभाव पार्ने औषधिको बारेमा तपाईंको डाक्टरलाई सूचित गर्नुहोस् ।

–कफी चिया र रक्सीको मात्रा घटाउनुहोस् ।

–सुत्ने बेलाभन्दा पहिले बढी खाना खानबाट बच्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment