+

हर्मोनल सन्तुलनका लागि किन आवश्यक छ ७ घण्टा निद्रा ?

२०८२ भदौ  २ गते १२:१६ २०८२ भदौ २ गते १२:१६
Shares
हर्मोनल सन्तुलनका लागि किन आवश्यक छ ७ घण्टा निद्रा ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शरीर स्वस्थ रहन हर्मोन सन्तुलनमा हुनु आवश्यक छ, जुन पर्याप्त निद्रा, स्वस्थ खानपान र सक्रिय दिनचर्याले हुन्छ।
  • दैनिक कम्तीमा ७ घण्टा गहिरो निद्रा लिनु हर्मोनल सन्तुलनका लागि अत्यन्त जरुरी छ र यसले शरीरलाई मर्मत गर्छ।

शरीर स्वस्थ रहन हर्मोन सन्तुलनमा हुन आवश्यक छ । र, हर्मोन सन्तुलन पर्याप्त निद्रा, स्वस्थकर खानपान र सक्रिय दिनचर्याले हुन्छ । तर, अहिलेको भागदौड दिनचर्या, तनाव, अस्वस्थ खानपान, अनियमित दिनचर्या र निद्राको कमीले अधिकांशको स्वास्थ्यमा गम्भीर प्रभाव पार्न थालेको छ ।

यी समस्याहरू आउनासाथ हर्मोनल असन्तुलन हुन थाल्छ । जसले शारीरिक मात्र होइन मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्छ । हर्मोन भनेको शरीरमा विविध जैविक क्रियाकलापहरू समन्वय गर्न मद्दत गर्ने सन्देशवाहक रासायनिक तत्व हुन् ।

यी हर्मोनहरूले हाम्रो तौल, मूड, निद्रा, भोक, प्रजनन् क्षमता र ऊर्जा स्तर नियन्त्रण गर्छन् । अनि यी सबैकुरा नियन्त्रणमा बाधा पुर्‍याउने प्रमुख तत्व हो, अनिद्रा । जब निद्राको समय अस्तव्यस्त छ । हर्मोन असन्तुलित हुन्छन्, तब शरीरमा थाइराइड, अनियमित महिनावारी, तनाव, तौल बढ्नु, निद्रा समस्या र मूड स्विंगजस्ता समस्याहरू देखा पर्न सक्छन् ।

हर्मोनल सन्तुलन र निद्राको सम्बन्ध

दैनिक कम्तीमा ७ घण्टा गहिरो निद्रा लिनु हर्मोनल सन्तुलनका लागि अत्यन्त जरुरी छ । निद्राको समयमा हाम्रो शरीर आफूलाई मर्मत गर्छ र थकान हटाउँछ ।

यस क्रममा मेलाटोनिन, कोर्टीसोल, इन्सुलिन, ग्रोथ हार्मोन, लेप्टिन र घ्रेलिन जस्ता हार्मोनहरू सन्तुलित रहन्छन् । यी हार्मोनहरूको सही सन्तुलनले मात्र हाम्रो स्वास्थ्य राम्रो रहन्छ ।

मेलाटोनिन – यो हर्मोनले निद्रा नियमित राख्न मद्दत गर्छ । यसले हाम्रो शरीरलाई राति सुत्ने संकेत दिन्छ ।

ग्रोथ हर्मोन – बच्चाहरूको विकास र वयस्कमा कोष र तन्तुको मर्मत गर्ने कार्य यो हार्मोनले गर्छ ।

कोर्टीसोल – यो तनाव हर्मोन हो । निद्रा कम हुँदा यसको स्तर उच्च हुन्छ, जसले तनाव र अन्य समस्याहरू निम्त्याउँछ ।

लेप्टिन र घ्रेलिन – यी हर्मोनहरूले भोक र मेटाबोलिजमलाई नियन्त्रण गर्छन् । निद्रा नपुग्दा भोक बढ्ने र तौल बढ्ने सम्भावना बढी हुन्छ ।

निद्रा नपुग्दा हुने समस्या

यदि हामीले नियमित र पर्याप्त निद्रा नलिए हाम्रो शरीरमा हर्मोनहरूको असन्तुलन देखिन थाल्छ । यसकारण थकान, तौल बढ्नु, चिन्ता, अनियमित महिनावारी, पाचन समस्या र मानसिक रोगहरूजस्तै डिप्रेसन र एन्जाइटीका जोखिम बढ्छन् ।

महिलाहरूमा विशेषगरी पीसीओडी, पीसीओस, थाइराइड रोग र प्रजनन् समस्याहरू बढी देखिन्छन् ।

सात घण्टा निद्रा, किन त ?

दैनिक कम्तीमा ७ देखि ८ घण्टा निद्रा लिन सल्लाह दिइन्छ । किनकि, यो समय शरीरलाई पूर्णरूपमा आराम गर्न र मर्मत गर्न पर्याप्त हुन्छ । ७ घण्टा भन्दा कम निद्राले कोर्टीसोल र इन्सुलिनजस्ता हर्मोनको स्तर बिगार्न सक्छ, जसले तनाव, सुगर लेवल असन्तुलन र तौल नियन्त्रणमा समस्या ल्याउँछ ।

निद्राको गुणस्तर कसरी कायम राख्ने ?

-सुत्ने र उठ्ने समय निश्चित गर्ने

शरीर हाम्रो जैविक घडीअनुसार चल्छ, जसले खानपानदेखि उठ्ने र सुत्ने समयलाई नियन्त्रित गर्छ ।

त्यसैले, राम्रो निद्राका लागि सुत्ने र उठ्ने समय एउटै राख्नु जरूरी छ र सुत्नुअघि कम्तीमा १ घण्टा मोबाइल, ल्यापटप र टिभीजस्ता इलेक्ट्रोनिक उपकरणबाट दूरी राख्नु आवश्यक हुन्छ । यसले हाम्रो निद्रा गुणस्तर सुधार्न ठूलो सहयोग पुर्‍याउँछ ।

-क्याफिन र भारी खानेकुराबाट बच्ने

क्याफिन र भारी खानपानबाट बच्नुपर्छ । विशेष गरी राति ७ बजेपछि भारी खानपान गर्नुहुँदैन । पेट भरी भए पछि निद्रा लगाउने हर्मोनलाई बाधा गर्छ ।

-नियमित व्यायाम गर्ने

दिनभर हल्का व्यायामले थकान बढाउँछ र राति निद्रा राम्रो हुन्छ ।

-त्यस्तै, ध्यान र योग, वा हल्का गीतसंगीतले पनि तनाव कम गरी गहिरो निद्रा बढाउन मद्दत गर्छ ।

-यी सबै गरेर पनि निद्रामा समस्या आइरहेको छ भने विशेषज्ञको सल्लाह अनिवार्य छ ।

हर्मोनल सन्तुलनका लागि अन्य महत्वपूर्ण पक्षहरू

भिटामिन, मिनरल र एन्टिअक्सिडेन्टले भरिपूर्ण खानेकुराले हार्मोन उत्पादनमा मद्दत गर्छ । डिहाइड्रेसन हुन नदिने, पर्याप्त सूर्यको प्रकाशमा बस्ने र धूम्रपान र मदिरा सेवनबाट बच्नुपर्छ ।

हर्मोनल असन्तुलनबाट बच्न के गर्ने ?

-आफ्नो स्वास्थ्य अवस्था बुझ्न र समयमै समस्या पत्ता लगाउन नियमित रूपमा ब्लड टेस्ट र हर्मोन लेवल जाँच गराउनु अत्यावश्यक छ । यसले कुनै पनि असन्तुलन छिटो पहिचान गर्न मद्दत गर्छ।

-कुनै पनि सप्लिमेन्ट वा औषधि लिँदा चिकित्सकको सल्लाह अनुसार मात्र सेवन गर्नुपर्छ । बिनापरामर्श औषधि वा सप्लिमेन्ट सेवनले शरीरमा अनावश्यक असर पार्न सक्छ । चिकित्सकको निर्देशनबिना हार्मोनल औषधि नलिनु नै उचित हुन्छ ।

यसबाहेक जीवनशैली सन्तुलनमा राख्ने, तनाव कम गर्न हरेक दिन केही समय आफ्नो लागि दिने  र पर्याप्त निद्रा पुर्‍याउने गर्दा हर्मोन सन्तुलित रहन्छ ।

निद्रा हर्मोलन
डा. मधु पाण्डे
लेखक
डा. मधु पाण्डे
मधुमेह, थाइराइड र हार्मोन विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १२६५९ एमबीबीएस, एमडी हाल काठमाडौं थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल र चावहिलस्थित मेडिकेयर अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हर्मोनल सन्तुलनका लागि किन आवश्यक छ ७ घण्टा निद्रा ?

हर्मोनल सन्तुलनका लागि किन आवश्यक छ ७ घण्टा निद्रा ?

प्रसूति गृहको इतिहासदेखि आधुनिक सेवासम्मको यात्रा

प्रसूति गृहको इतिहासदेखि आधुनिक सेवासम्मको यात्रा

यी हुन् पेटमा बढी ग्यास उत्पन्न गर्ने खानेकुरा

यी हुन् पेटमा बढी ग्यास उत्पन्न गर्ने खानेकुरा

पुरुषमा देखिने समस्या ‘फाइमोसीस’ के हो ? के छ उपचार ?

पुरुषमा देखिने समस्या ‘फाइमोसीस’ के हो ? के छ उपचार ?

मानसिक स्वास्थ्य सुधार गर्न हरेक दिन गर्नुपर्छ यी ७ काम

मानसिक स्वास्थ्य सुधार गर्न हरेक दिन गर्नुपर्छ यी ७ काम

के आयुर्वेदिक र एलोप्याथिक औषधि सँगै खान मिल्छ ?

के आयुर्वेदिक र एलोप्याथिक औषधि सँगै खान मिल्छ ?