+
+
Shares

नेकपा पर्साद्वारा मुकेशको परिवारलाई आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १६ गते १८:४२

१६ कात्तिक, वीरगञ्ज । पर्साको विन्दवासिनीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई पक्षबीच भएको झडपमा परी ज्यान गुमाएका मुकेश चौरसियाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेकपा पर्साको तर्फबाट सचिव विजय महतोले मृतक चौरसियाको परिवारलाई नगद ५० हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन् ।

पार्टीको गाउँपालिका कमिटीको सपथ ग्रहण कार्यक्रममा गत कात्तिक ६ गते दुई पक्षबीच भएको झडपमा घाइते भएका नेकपा गाउँ कमिटी सचिव समेत रहेका चौरसियाको उपचारका क्रममा भोलिपल्ट मृत्यु भएको थियो । नेकपाका केन्द्र, प्रदेश र जिल्ला स्तरका नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिहरुको समेतको टोली घरमा पुगेर आर्थिक सहयोग गरेका हुन् ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश २ सह–इन्चार्ज नागेन्द्र चौधरीले चौरसियाको हत्यामा संलग्न दोषीलाई कुनैपनि हालतमा कारबाही हुनुपर्ने माग राखे । पार्टीका पर्सा इन्चार्ज रामचन्द्र साहले पीडित परिवारले उचित क्षतिपूर्ति र न्याय पाउनुपर्ने बताए ।

आइतबार नै नेकपा केन्द्रीय सदस्य उर्मिला अर्याल, दिनेश राई, प्रदेश कमिटी सदस्य बालगोपाल थापा, छोटेलाल यादव लगायतका नेता कार्यकर्ताको टोलीले चौरसियाको परिवारलाई भेटेका थिए ।

बिहीबार सरकारी वकिलको कार्यालयमार्फत पर्सा प्रहरीले १२ जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको भोलिपल्ट मृतकका परिवारले चौरसियाको शव बुझेर अन्त्येष्टि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?