+
+
Shares

नक्कली डीएसपी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १७ गते १५:०८

१७ कात्तिक, काठमाडौं । महानगरीय प्रहरी वृत्त कालीमाटी काठमाडौंको डीएसपी हुँ भन्दै फोनमार्फत सर्वसाधरणलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही रामनगर गाउँपालिका–६ घर भएका बब्लु झा रहेका छन् ।

काठमाडौं महानगरपालिका–१० स्थित बानेश्वरमा बस्दै आएका ४१ वर्षीय चन्दु झाले दिएको उजुरीको आधारमा बब्लुलाई आइतबार पक्राउ गरिएको प्रहरी उपरीक्षक सोमेन्द्रसिँह राठौरले जानकारी दिए ।

चन्दुलाई बब्लुले आफू महानगरीय प्रहरी वृत्त कालीमाटी काठमाडौंको डीएसपी बोलेको भन्दै बब्लु झा नाम गरेको व्यक्तिसँग के लफडा हो, तुरुन्त कालीमाटी वृत्तमा आउनु, नआए कारबाही अगाडि बढाउँछु भनेर धम्की दिने गरेको राठौरको भनाइ छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीको नियन्त्रणमा रहेका बब्लु झामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?