+
+
Shares

ललितपुरका सबै प्रहरी कार्यालयबाट काम सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २५ गते १८:३३

२५ भदौ, काठमाडौं । जेनजी प्रदर्शनकारीहरूले आगजनी गरेका ललितपुरका सबै प्रहरी कार्यालयबाट काम सुरु गरिएको छ ।

आगजनी र तोडफोडबाट विस्थापित भएका प्रहरी कार्यालयलाई आज पुनर्स्थापित गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।

प्रहरी वृत्त सातदोबाटो, चापागाउँ, प्रहरी प्रभाग इमाडोल, प्रभाग लुभु, प्रभाग मंगलबजार, सानेपा, वडा प्रहरी कार्यालय लगनखेल, प्रभाग पुल्चोक। लाकुँरीभन्ज्याङ, हनुमानस्थान, पाटनढोका प्रहरी कार्यालय सञ्चालनमा ल्याइएको बताइएको छ ।

नेपाली सेनाको नेतृत्वमा शान्ति सुरक्षा प्रबन्ध मिलाइएको बताइएको छ ।

आफ्नो गाउँ टोलमा कोही नयाँ व्यक्ति आए सुरक्षा निकायमा खबर गर्न जिल्ला सुरक्षा समितिले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?