+
+
Shares

रसुवा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १७ गते १५:५६

१७ कात्तिक, काठमाडौं । दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि रसुवा जिल्ला अस्पतालका आकस्मिक र प्रसूति बाहेकका सेवाहरु बन्द गरिएको छ ।

अस्पतालले सोमबार एक सूचना जारी गरी अस्पतालको आकस्मिक र प्रसूतिबाहेकका सबै सेवा अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जनाएको छ ।

संक्रमित कर्मचारीको सम्पर्कमा रहेका अन्य कर्मचारीहरुको पनि कोरोना परीक्षण गर्नुपर्ने भएको र सेवा लिन आउने सेवाग्राहीहरुमा समेत संक्रमणको जोखिम हुने भएकोले आकस्मिकबाहेकका सेवा बन्द गर्नु परेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?