Comments Add Comment

बेलको गोलपछि मड्रिडको प्रतिक्रिया बुझ्न आतुर छु : माउरिन्हो

१७ कात्तिक, काठमाडौं । टोटनह्यामका प्रशिक्षक जोसे माउरिन्होले ब्रिग्टोनविरुद्धको विजयी गोलपछि गेराथ बेलको प्रशंसा गरेका छन् । टोटनह्यामका लागि ‘म्याचविनिङ’ प्रदर्शन गरेका बेललाई लिएर उनको पूर्व क्लव रियलमड्रिडले कसरी प्रतिक्रिया जनाउँछ भन्ने जान्न आतुर रहेको समेत उनले बताए ।

सेप्टेम्बरमा ला लिगा च्याम्प्यिन मड्रिडबाट लोनमा टोटनह्याम फर्केपछि बेलले पहिलो गोल गरेका हुन् । उनको गोलको सहयोगमा आइतबार ब्रिग्टोनमाथि टोटनह्यामले ‘२–१’ को जित हासिल गरेको थियो । यो जित सँगै प्रिमियर लिगमा टोटनह्याम दोस्रो स्थानमा उक्लेको छ । लिभरपुल २ अंकले अगाडि छ ।

टोटनह्यामलाई ह्यारी केनले अग्रता दिलाएका थिए । सो गोलसँगै उनी प्रिमियर लिगको सर्वाधिक गोलकर्ताको सुचीमा लेस फर्डिनान्डसँगै १० औं स्थानमा उक्लेका छन् । केनको गोल लगत्तै ब्रिग्टोनका तारिक लाम्टेले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । खेलको ७३ औं मिनेटमा बेलले हेडमार्फत निर्णायक गोल गरेका थिए । एरिक लामेलालाई प्रतिस्थापन गरेको तीन मिनेटमै उनी गोल गर्न सफल भएका हुन् ।

टोटनह्यामका प्रशिक्षक माउरिन्हो बेलको प्रदर्शनबाट सबैभन्दा बढि खुशी देखिए । उनले बेलको पूर्व क्लव रियल मड्रिडलाई पनि कटाक्ष गर्न भ्याए ।

माउरिन्होले भने, ‘उसले लगातार सुधार गरिहेको छ । आँकडाले नै यो देखाउँछ । यो हामीलाई थाहा छ, गेराथलाई थाहा छ । उ त्यो गोलको हकदार थियो । पाँच मिनेट फुर्सद भयो भने म मड्रिडका वेवसाइटहरुले उसको विषयमा के लेख्छन् भन्ने हेर्नेछु ।’

बेलले टिमलाई आवश्यक परेको बेला अत्यन्त महत्वपूर्ण गोल गरेको उनले बताए । अन्तिम १५ मिनेटमा हेनरीसँग उनको तालमेल निकै मिलेको माउरिन्होको विश्लेषण छ ।

‘गेराथ हाम्रो टिमका लागि उत्कृष्ट छनोट हुने । उनले चतुरतापूर्वक खेले । उनले विजयी गोल गर्दा मैले निकै आनन्दित महसुस गरेँ,’ माउरिन्होले थपे ।

आफ्नो मुर्खतापूर्ण गल्तिले आर्सनलसँग हारेको पोग्बाको स्वीकारोक्ति

म्यान्चेस्टर युनाइटेडका म्यानेजर ओले गुन्नर सोल्स्क्जार आइतबार आर्सनलविरुद्ध ओल्ड ट्राफोर्डमा भएको भिडन्त ‘०–०’ मा सकिनेमा आश्वस्त थिए । तर मध्यान्तरपछि पाउल पोग्बाले गरेको एउटा गल्तिले उनलाई नसोचेको झट्का दियो ।

मिडफिल्डर पोग्बाले अनावश्यकरुपमा विपक्षी टिमका खेलाडीलाई तान्न पुगे, जसले पेनाल्टीको सिर्जना गर्यो । पेयरे–इमेरिक अबामेयाङले उक्त पेनाल्टीलाई कुनै गल्ति नगरी गोलमा परिणत गरिदिए, जसले अन्ततः खेलको नतिजा तय भयो ।

खेलपछि पोग्बाले आफ्नो गल्ति महसुस गरेका छन् ।

‘मैले आवेशमा आएर मुर्खतापूर्ण गल्ति गरेको थिएँ,’ फ्रान्सेली स्टारले बीबीसी स्पोर्ट्ससँग भने ।

उनी थप्छन्, ‘त्यो बेला हामीलाई ठूलो खतरा पनि थिएन । मैले उनलाई अलि बढि टच गर्न पुगेँ । यसरी पेनाल्टीको अवसर दिनु हुँदैनथ्यो । त्यो घटनाबाट मैले पाठ सिकेको छु ।’

२७ वर्षिय पोग्बाले सोल्स्क्जारको कार्यकालमा पेनाल्टी सिर्जना गरेको यो तेस्रोपटक हो । उनले भन्दा बढि गल्ती टिममा अर्को खेलाडीले गरेको छैन ।

सोल्स्क्जारले भने, ‘त्यसबेला उनले त्योभन्दा राम्रो गर्न सक्थे । उनले त्यसो नगरेको भए पनि गोल हुने खतरा थिएन ।’

पोग्बाले गरेको यो गल्तीले फेरि एकपटक उनलाई विवादमा तानेको छ । उनी पहिल्यैदेखि गाली र तालीको सामना गर्दै आएका खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment