Comments Add Comment

कोरोना संक्रमणबाट थप ‍‍‍२५ जनाको मृत्यु

१७ कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप २५ जनाको मृत्यु भएको छ ।

काठमाडौंका ९ जना, मोरङका ४ जना, चितवनका ३ जना, दाङका २ जना, भक्तपुर, ललितपुर, नवलपरासी पूर्व, धादिङ, सिन्धुली, मकवानपुर र बाँकेका १/१ जनाको मृत्यु भएको छ ।

  • विराटनगर महानगरपालिका–६ मोरङका ८३ वर्षीय पुरुषको सोमबार नोबेल अस्पतालमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनी कात्तिक १४ गते संक्रमण पुष्‍टि भएपछि अस्पताल भर्ना भएका थिए ।
  • विराटनगर महानगरपालिका–१२ मोरङका ५३ वर्षीय पुरुषको न्यूरो अस्पतालमा सोमबार मृत्यु भएको छ । कात्तिक ६ गते पोजेटिभ देखिएका उनलाई होम आइसोलेसनमा समस्या देखिएपछि कात्तिक १५ गते अस्पताल भर्ना गरिएको थियो ।
  • उर्लाबारी नगरपालिका- ६ मोरङका ५४ वर्षीय पुरुषको पनि सोमबार मृत्यु भएको छ । कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनियाको समस्या पनि थियो ।
  • उर्लाबारी नगरपालिका–७ मोरङका ५८ वर्षीय पुरुषको होम आइसोलेसनमा सोमबार मृत्यु भएको छ । कात्तिक ६ गते संक्रमण पुष्टि भएका उनी मिर्गौलाका रोगी थिए ।
  • सुन्धारा काठमाडौंका ६५ वर्षका पुरुषको कात्तिक १६ गते मृत्यु भएको छ । निमोनिया भई कात्तिक ८ गते अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो । उनी उच्च रक्तचापको बिरामी थिए ।
  • वानेश्वर काठमाडौंका ६० वर्षका पुरुषको कात्तिक १६ गते मृत्यु भएको छ । कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भई कात्तिक ७ गते अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, युरिक एसिड, अल्सर र मिर्गौलाको समस्या थियो ।
  • वौद्ध काठमाडौंका ८५ वर्षका पुरुषको कात्तिक १६ गते मृत्यु भएको छ । कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएका उनी कात्तिक ११ गते अस्पताल भर्ना भएका थिए । उनमा मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या थियो ।
  • बत्तीसपुतली काठमाडौंकी ७३ वर्षकी महिलाको कात्तिक १६ गते मृत्यु भएको छ । उनी कात्तिक १५ गते अस्पताल भर्ना भएको र सोही दिन कोरोना संक्रमण पुष्टि भएको हो ।
  • काठमाडौंकी ६२ वर्षकी महिलाको कात्तिक १६ गते मृत्यु भएको छ । कात्तिक १६ गते नै कोरोना संक्रमण पुष्टि भएकी उनमा मधुमेह, उच्च रक्तचाप र दमको समस्या थियो ।
  • काठमाडौंकी ८२ वर्षकी महिलाको कात्तिक १० गते मृत्यु भएको छ । निमोनिया र मिर्गौलाको समस्याका कारण कात्तिक ५ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।
  • बुढानीलकण्ठ काठमाडौंका ६६ वर्षका पुरुषको कात्तिक १६ गते मृत्यु भएको छ । निमोनिया भई कात्तिक १५ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मुटुका बिरामी थिए ।
  • काठमाडौंका ४१ वर्षका पुरुषको कात्तिक १० गते मृत्यु भएको छ । कात्तिक ३ गते कोरोना भाइरस संक्रमण भएका उनी कात्तिक ७ गते अस्पताल भर्ना भएका थिए ।
  • काठमाडौंका ७३ वर्षका पुरुषको सोमबार मृत्यु भएको छ । असोज २९ गते कोरोना भाइरस संक्रमण भएका उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचापको समस्या थियो ।
  • कुसुन्ती ललितपुरका ६३ वर्षका पुरुषको सोमबार मृत्यु भएको छ । कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनी मिर्गौलाका बिरामी थिए ।
  • चाँगुनारायण भक्तपुरका ८० वर्षका पुरुषको सोमबार मृत्यु भएको छ । निमोनिया भई कात्तिक १५ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मिर्गौलाका बिरामी थिए ।
  • भरतपुर महानगरपालिका–१० चितवनका का ७९ वर्षका पुरुषको आइतबार राति मृत्यु भएको छ । कात्तिक १३ कोरोना संक्रमण पुष्टि भएका उनी स्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार भरतपुर अस्पताल भर्ना भएका थिए । उनको आईसीयूमा उपचार भइरहेको थियो ।
  • भरतपुर महानगरपालिका– ४ चितवनका ६३ वर्षका पुरुषको आइतबार राति मृत्यु भएको छ । कात्तिक १२ गते अस्पताल भर्ना भएका र १३ गते कोरोना संक्रमण पुष्टि भएका उनको आईसीयूमा उपचार भइरहेको थियो । उनमा मधुमेहको समस्या पनि थियो ।
  • भरतपुर महानगरपालिका– ३ चितवनका ५३ वर्षका पुरुषको आइतबार राति मृत्यु भएको छ । कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएका र १६ गते अस्पताल भर्ना भएका उनको अस्पताल भर्ना भएको आधा घण्टामै मृत्यु भएको हो ।
  • देवचुली नगरपालिका–११ नवलपरासी पूर्वका ८० वर्षका पुरुषको आइतबार राति मृत्यु भएको छ । कात्तिक १४ गते कोरोना संक्रमण देखिएका उनी कात्तिक १६ गते अस्पताल भर्ना भएका थिए ।
  • नीलकण्ठ नगरपालिका– ३ धादिङका ६१ वर्षकी महिलाको भरतपुर अस्पतालमा आइतबार राति मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या भएपछि कात्तिक ५ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल भएपछि कात्तिक ९ गते आईसीयूमा राखिएको थियो ।
  • हेटौंडा उपमहानगरपालिका मकवानपुरका ७५ वर्षका पुरुषको कात्तिक १५ गते मृत्यु भएको छ । असोज २२ गते कोरोना संक्रमण पुष्टि भएका उनी असोज २३ गते अस्पताल भर्ना भएका थिए । उनी उच्च रक्तचापको बिरामी थिए ।
  • कमलामाई नगरपालिका–६ सिन्धुलीका ८४ वर्षकी महिलाको आइतबार सिन्धुली अस्पतालमा मृत्यु भएको छ । उच्च ज्वरोलगायत स्वास्थ्य समस्या बढ्दै गएपछि उनलाई शनिबार सिन्धुली अस्पताल भर्ना गरिएको थियो । आइतबार साँझ कोरोना संक्रमण पुष्टि भएको उनको सोही दिन मृत्यु भएको हो ।
  • तुलसीपुर उपमहानगरपालिका–६ दाङका ५५ वर्षका पुरुषको सोमबार दिउँसो ३ बजे शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । कात्तिक १५ गते अस्पताल भर्ना भएका उनमा सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा हाइपरटेन्सन र थाइराइडको समस्या थियो ।
  • तुलसीपुर उपमहानगरपालिका– ९ दाङका ४८ वर्षका पुरुषको कात्तिक १६ गते राति ११ बजे मृत्यु भएको छ । कात्तिक १० गते अस्पताल भर्ना भएका उनमा ११ गते संक्रमण पुष्टि भएको थियो ।
  • नेपालगञ्ज उपमहानगरपालिका-२ बाँकेकी ६७ वर्षकी महिलाको सोमबार विहान भेरी अस्पतालमा मृत्यु भएको छ । कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएकी उनी ४ गते अस्पताल भर्ना भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment