
सामाजिक संजाल टिकटक नेपालमा लोकप्रिय छ । अब, एचपी इन्टरटेन्मेन्टको आयोजनामा ‘टिकटक स्टार’ अनलाइन प्रतिस्पर्धा हुने भएको छ । घरमा बसिरहेका प्रतिभाहरुलाई अनलाइनबाट प्रतिस्पर्धा गराई विजेतालाई चलचित्रमा काम गर्ने अवसर समेत दिने आयोजक संस्थाले जानकारी दिएको छ ।
प्रतिभा भएर पनि अवसर नपाएका प्रतिभाहरुलाई आफ्नो क्षमता प्रदर्शन गर्ने स्थान ‘टिकटक स्टार’ हुने आयोजक संस्थाका प्रमुख प्रकाश पाठकले जानकारी दिए ।
विजेताहरुले चलचित्रमा काम गर्ने अवसरको साथसाथै कार, स्कुटर पुरस्कार पनि पाउने पाठकको भनाई छ । प्रतियोगितामा भाग लिन चाहनेले एचपी इन्टरटेन्मेन्टको अनलाइन पोर्टलमा गएर दिएको निर्देशन अनुसार फर्म भरेर भिडियो पठाउनुपर्नेछ ।
ह्याप्पी पाठक इन्टरटेन्मेन्टले निर्माण गरेको चलचित्र ‘नेपाल आमा’को छायांकन सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4