
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आमा नेहा आरएल शाहको स्वरमा समावेश ‘तिमी र म’ बोलको गीतको म्यूजिक भिडियोमा काम गरेकी छिन् । विगत १ बर्षदेखि साम्राज्ञीलाई चलचित्रमा हेर्न नपाएका दर्शकले म्यूजिक भिडियोमै भएपनि उनको अभिनय हेर्न पाएका छन् ।
विराज गौतमको शब्द तथा संगीतमा तयार भएको गीतलाई नेहाले आधुनिक पप शैलीमा प्रस्तुत गरेकी छिन् । वेसमेन्ट प्रोडक्शनको छायांकन, सम्पादन तथा निर्देशनमा तयार भएको यो गीतको भिडियोमा साम्राज्ञी क्रियटिभ डिरेक्टरको रुपमा छिन् ।
भिडियोमा साम्राज्ञी र उनका प्रेमी देवांश जंगबहादुर राणाको अभिनय छ । रमेश एम के पौडेलको प्रस्तुतिमा यो भिडियो तयार भएको हो ।
म्यूजिक भिडियोबाट टाढौ रहेकी साम्राज्ञीले आफ्नी आमाको गीत भएका कारण यो भिडियोमा अभिनय गरेकी हुन् । यो गीतले प्रेमिकाले प्रेमीसँग गरेको प्रेमको आशाक्तीलाई प्रस्तुत गरेको छ ।
प्रतिक्रिया 4