Comments Add Comment

‘कोहलपुर एक्सप्रेस’पछि नयाँ फिल्म बनाउँदै केकी

नायिका केकी अधिकारीले चलचित्र ‘कोहलपुर एक्सप्रेस’पछि नयाँ चलचित्र बनाउने तयारी गरेकी छिन् । हाल, चलचित्रको लागि वर्कशप चलिरहेको केकीले अनलाइनखबरसँग जानकारी दिइन् । केकीले भनिन्–‘चलचित्रको पूर्व तयारी चलिरहेको छ । यसैले, अहिले नै कलाकारको बिषयमा भन्न गाह्रो छ ।’

केकीले चलचित्रमा ‘कोहलपुर एक्सप्रेस’का निर्देशक विशाल भण्डारी भने निर्देशकको रुपमा नरहने बताइन् । विशालले ‘केमडी च्याम्पियन्स २’को तयारी गर्नुपर्ने भएकाले उनले यसपटक चलचित्र निर्देशन नगर्ने केकीको भनाई छ ।

केकीले भनिन्–‘मैले पहिलो चलचित्र कमेडी कथामा निर्माण गरेकी थिएँ । यसपटक भने सामाजिक कथामा चलचित्र बनाउँदैछु । यसैले पनि यसको पूर्व तयारीका लागि केही समय लिनुपर्नेछ । वर्कशप सुरु भएको १ महिना भयो । अझै २ महिना वर्कशप नै हुनेछ ।’

केकीले चलचित्रको सम्पूर्ण टिमको जानकारी केही समयपछि दिने बताइन् । केकीका अनुसार, फागुणबाट चलचित्रको छायांकन सुरु गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment