
फाइल तस्वीर
२० कात्तिक, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकाबाट प्रहरीले २० वटा भैंसी तथा पाडापाडी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट गएको टोलीले ठोरी गाउँपालिका–५ सुवर्णबाट भैंसी तथा पाडापाडी नियन्त्रणमा लिएको हो ।
भैंसी तथा पाडापाडी भारतबाट अवैध रुपमा भन्सार छली ल्याइएको दाबी प्रहरीले गरेको छ । बिहीबार बिहान २ बजेतिर नियन्त्रणमा लिइएका भैंसी तथा पाडापाडी इलाका प्रहरी कार्यालय सेढवामा राखिएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिएका भैंसी तथा पाडापाडीलाई वीरगञ्ज भन्सार कार्यालय पठाउने तयारी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4