Comments Add Comment

 बच्चाको तीक्ष्ण बुद्धिका लागि गर्भावस्थामा भिटामिन डी

काठमाडौं । गर्भावस्थाको समयमा आमाको स्वास्थ्य सिधा रूपमा बच्चाको स्वास्थ्यसँग जोडिएको हुन्छ । आमाले गर्भावस्थामा खाने खाना, गर्ने परिश्रम आदि सिधा रूपमा बच्चाको स्वास्थ्यसँग सम्बन्धित हुन्छ । गर्भवतीको यी व्यवहारले केवल बच्चा जन्मिने बेलासम्म मात्रै नभएर बच्चाको आजीवन स्वास्थ्यमा असर पु¥याउँछ ।

यो कुरा विभिन्न संघसंस्थाले गरेको नयाँ शोधले पत्ता लगाएको छ । पछिल्लो समय आएको एक शोधले आमाले गर्भावस्थामा खाएको खानेकुराले बच्चा कति बाठो हुने ? भन्ने कुरालाई निर्देशित गरेको हुन्छ ।

यस शोधका अनुसार गर्भावस्थामा आमाले खाने खानामा पाइने भिटामिनको असर बच्चामा आजीवन देख्न सकिन्छ । अमेरिकाको सिऐटल चिल्ड्रन रिसर्च इन्स्टिच्युटद्वारा गरिएको यस शोधमा भनिए अनुसार गर्भावस्थामा आमाले भिटामिन डी युक्त खानाको धेरै सेवन गर्नुले उनको बच्चाको आईक्यूलाई तीब्र बनाउन सक्छ । यस शोधमा उल्लेख गरिएको छ कि कसरी भिटामिन डीको स्तर बच्चाको मस्तिष्कको विकासमा एक प्रमुख भूमिका निभाउन सक्छ ।

गर्भावस्थामा भिटामिन डी

द जर्नल अफ न्यूट्रिसनमा प्रकाशित अर्काे अध्ययनबाट गर्भावस्थाको समयमा आमाद्वारा लिइएको भिटामिन डी युक्त खानालाई उनको बच्चाको आइक्युको साथ जोडेर व्याख्या गर्ने गरिन्छ । अध्ययनले कालो वर्णकी गर्भवतीमा भिटामिन डीको मात्रा गोरी महिलाको तुलनामा कम हुने गरेको समेत देखाएको छ ।

यस शोधको लागि शोधार्थीले २००६ मा गर्भवती भएका र केही महिलाको बच्चाको स्वास्थ्यको बारेमा जानकारी एकत्र गरेका थिए । जसमा बच्चाको आईक्यूसँग आमाले गर्भावस्थामा खाने खानाको प्रत्यक्ष सम्बन्ध रहेको पाइएको छ ।

सो अध्ययनले गर्भावस्थामा आमाले उच्च भिटामिन डी युक्त खाना खाँदा बच्चाको ४ देखि ५ वर्षको उमेरमा तीक्ष्ण बुद्धिको विकास हुने गरेको पाएको छ ।

सिऐटल चिल्ड्रन रिसर्च इन्स्टिच्युटमा बाल स्वास्थ्य विभाग, बाल व्यवहार र विकास विभागका वैज्ञानिक र यस शोधका प्रमुख लेखक मेलिसा मेलोले दुनियाँको धेरै महिलामा भिटामिन डीको कमीका कारण स्वास्थ्य असर देखिने गरेको विवरण प्रस्तुत गरेकी छन् । उनीहरूको अध्ययनमा सहभागीमध्ये ४६ प्रतिशत आमाहरूमा गर्भावस्थाको समयमा भिटामिन डीको कमी थियो ।

गर्भावस्थामा बच्चाको दिमाग कसरी तीक्ष्ण बनाउने ?

शोधकर्ताले गर्भावस्थामा बच्चाको दिमागलाई कसरी तेज गराउन सकिन्छ ? भन्ने बारेमा पनि अध्ययन गरेका थिए । जसबाट गर्भावस्थामा भिटामिन डी युक्त खाना पर्याप्त खाएमा स्वतः बच्चामा बुद्धिको विकास हुन्छ भन्ने देखाएको छ । न्यूट्रिसन जर्नलमा प्रकाशित एक शोधले भने आमामा भिटामिन डीको कमीका कारण गर्भाशयमा बच्चाको मस्तिष्कको विकाससहित कैयौं प्रक्रिया प्रभावित हुन्छ भन्ने देखाएको छ । यस्तोमा गर्भवतीले गर्भावस्थाको समयमा भिटामिन डीले युक्त खानेकुरा पर्याप्त खानुपर्छ । निम्न खानेकुरामा पर्याप्त मात्रामा भिटामिन डी पाउन सकिन्छ ।

-माछा

-अण्डा

-गाइको दूध

-खाजामा अन्न

-गेडागुडी

यदि तपाईंलाई पनि तेज बुद्धिमानी बच्चा चाहिएको छ भने गर्भावस्थाको समयमा आफ्नो खानपानमा भिटामिन डीको प्रचुर खाना खाने गर्नुपर्छ । साथ बिहान पहिलो सूर्यको किरणले पनि शरीरमा पर्याप्त मात्रामा भिटामिन डीको विकास गराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment