+

सुत्केरी गराउनुपुर्व अस्पतालको पूर्व तयारी कस्तो हुनुपर्छ ?

२०८१ मंसिर  १९ गते १३:०९ २०८१ मंसिर १९ गते १३:०९
सुत्केरी गराउनुपुर्व अस्पतालको पूर्व तयारी कस्तो हुनुपर्छ ?

सुत्केरी हुने समय नजिकिंदै जाँदा खुसीसँगै चिन्ता पनि थपिंदै जान्छ । घरमा प्रसव पीडा सुरु भयो अस्पताल छिटो लैजानुपर्ने हतारोमा अस्पतालमा आवश्यक पर्ने धेरै सामानहरु बिर्सन सकिन्छ ।

यस्तोमा सुत्केरी हुने १० दिनअघि नै के चाहिन्छ, के चाहिंदैन भनेर सूची बनाउनु राम्रो हुन्छ । यसरी सबै सामग्री व्यवस्थित गरे आपतकालीन अवस्थामा पनि केही तनाव कम गरी अस्पताल भर्ना हुन जान सकिन्छ । यसरी पूर्वतयारी गर्ने सामानलाई आजभोलि हस्पिटल ब्याग समेत भन्ने गरिन्छ ।

कस्तो सामग्री जोहो गर्ने ?

अस्पताल लैजानुपर्ने कागजात

चिकित्सकले सिफारिस गरेको यसअघि परीक्षण भएको रिपोर्ट कार्ड, प्रसव मिति तोकिएको कागजात राख्न सकिन्छ ।

स्वास्थ्य बीमा कार्ड भए लिएर जानुपर्छ । आफ्नो नागरिकता प्रमाणपत्र तयारी अवस्थामा राख्नुपर्छ ।

आमाको लागि

गाउन

आमाको लागि हल्कासँग फुकाल्न मिल्ने आरामदायी कपडा लैजानुपर्छ । सुत्दा पनि लगाउन मिल्ने गर्मीमा सुतीको दुई जोर गाउन जाडोमा भए फलाटिन वा पोलारको गाउन ठीक पार्न सकिन्छ । त्यो लुगा सुत्केरी भएको अर्को दिनबाट लगाउन सकिन्छ ।

सेनिटरी प्याड

बच्चा जन्मिएको अर्को दिनबाट रक्तस्राव सुरु हुनसक्छ । त्यसका लागि छुटाउन नहुने सामग्री भनेको सेनिटरी प्याड हो । जुन हस्पिटल प्याडको नाममा खरिद गर्न सकिन्छ । यो सामान अस्पतालकै फार्मेसीमा पनि उपलब्ध हुने भएकाले आकस्मिक किन्न पनि सकिन्छ ।

पहिले बन्दोबस्त गर्ने हो भने दुई प्याकेट हस्पिटल प्याड र पाँच पिस डिस्पोजल पेन्टी किन्न सकिन्छ ।

चप्पल र मोजा

सुत्केरी महिलालाई अन्य बेलाभन्दा बढी जाडो अनुभव हुनसक्छ । त्यसका लागि गर्मीमा भए पातलो र जाडोमा भए बाक्लो मोजा दुई जोर र एक जोर चप्पल लिन सकिन्छ । व्यक्तिगत सरसफाइका सामानमा सफा टावल राख्न सकिन्छ ।

इमरजेन्सीको लागि तयारी

रक्तदाताका लागि आवश्यकता परेमा सम्पर्क गर्न र छिटो व्यवस्था गर्न कोही आफन्त वा साथीको नम्बर सुरक्षित राख्नुपर्छ । चिकित्सकले गर्भवतीको अवस्था हेरेर उनको ब्लड ग्रुपको दुई पिन्ट रगत मगाउन सिफारिस गर्न सक्छन् । त्यो अस्पताल जाँदा लैजान सकिन्छ । अस्पतालले माग्न सक्ने थप रकम वा औषधि आपूर्तिका लागि केही रकम जुटाएर राख्नु उचित हुन्छ ।

शिशुका लागि

शिशुका लागि जन्मिएपछि बेर्ने कपडा एक पिस, बच्चाका लागि सुतीको कपडाको न्याप्कि १० पिस राख्न सकिन्छ । बच्चालाई जन्मिने बित्तिकै डाइपर र सुरुवाल लगाउँदा छाला पाछ्न सक्छ । त्यसैले सुतीको कपडाको न्याप्किन व्यवस्था गर्न सकिन्छ ।

त्यस्तै, दाउरा सेट दुई जोर हात र खुट्टामा लगाउने दुई जोर मिटन र दुई जोर टोपी लिन सकिन्छ । यी सामग्री किनेपछि एक पटक धुन आवश्यक छ । ताकि, कपडामा हुने केमिकलको असर बच्चामा नहोस् ।

बच्चाका लागि लोसन-क्रिम र तेल चिकित्सकले सिफारिस गरेको राख्नुपर्छ ।

फर्मुला मिल्क र बोतल

बच्चाका लागि फर्मुला मिल्क र त्यो राखेर खाने एमएल भएको बोतल पहिले तयारी अवस्थामा राख्नुपर्छ । शल्यक्रिया गराइएको गर्भवतीको बच्चा निकाल्ने बित्तिकै दूध नआउने भएकाले बच्चाका लागि फर्मुला मिल्क चिकित्सकले तोकेको नापमा खुवाउनुपर्छ ।

पानी उमाल्ने थर्मस पनि ब्यागमा हाल्न छुटाउन हुँदैन । शिशुको बोतल वा अन्य प्रयोगका लागि काम लाग्छ । बच्चाको लागि ओढ्ने र ओछ्याउने कपडा पनि अस्पताल जाँदा लिएर जानुपर्छ ।

अन्य तयारी

आकस्मिक व्यथा लागे त तत्काल जानुपर्ने हुन्छ । त्यसका लागि सबै तयारी आकस्मिक तयारी चाहिन्छ । यो अवस्था बाहेक मिति आउन लागेपछि अस्पताललाई सम्पर्क गरी अस्पतालको स्थान, आउने-जाने समय सुनिश्चित गर्नुपर्छ ।

चिकित्सकसँग सल्लाह गरी अस्पतालमा भर्ना हुने प्रक्रिया पहिल्यै बुझ्नुपर्छ । इर्मेजेन्सीमा एम्बुलेन्स सेवा आवश्यक भए त्यसको नम्बर सुरक्षित राख्नुपर्छ ।

स्वयको मानसिक तयारी

प्रसव समय नजिकिएसँगै गर्भवती महिलाले आरामदायी र तनावमुक्त राख्नुपर्छ । जति दिमागले तनाव कम लिन्छ । त्यति प्रसव सहज हुँदै जान्छ ।

भावनात्मक साथ र परिवारको भूमिका

यो बेलामा परिवारका सदस्यलाई जिम्मेवारी बाँड्नुपर्छ । यो तयारीले सुत्केरी गराउने प्रक्रिया सहज र व्यवस्थित बनाउँछ । सुत्केरी हुने आमालाई मानसिक रूपमा सहज बनाउने साथी वा परिवारको सदस्य साथमा राख्न तयारी गर्नुपर्छ ।

शिशु जन्मेपछि हेरचाह गर्ने जिम्मेवारी पहिल्यै मिलाउनु उपयुक्त हुन्छ । घर फर्किने बेला आवश्यक पर्ने सामग्री (जस्तै, थप कपडा, गाडीको व्यवस्था) पहिले तय भएको राम्रो हुन्छ ।

अस्पताल र घर दुवै स्थानमा आराम गर्न अनुकूल स्थान बनाउन अन्य परिवारका सदस्यले मद्दत गर्नु उचित हुन्छ ।

यी सबै तयारीले सुत्केरी हुने आमालाई शारीरिक, मानसिक र भावनात्मक रूपमा सहयोग पुर्‍याउँछ । साथै, प्रसवको समयमा परिवारका सदस्यलाई हतारको दौडधुप पनि हुँदैन ।

गर्भावस्था डा. उपमा बस्नेत सुत्केरी
डा. उपमा बस्नेत
लेखक
डा. उपमा बस्नेत
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

डा. बस्नेत हाल वात्सल्य नेचुरल आईभीएफ सेन्टरमा कार्यरत छिन् । प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २१११२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सुत्केरी गराउनुपुर्व अस्पतालको पूर्व तयारी कस्तो हुनुपर्छ ?

सुत्केरी गराउनुपुर्व अस्पतालको पूर्व तयारी कस्तो हुनुपर्छ ?

जाडोमा रुघाखोकी निको पार्ने घरेलु उपाय

जाडोमा रुघाखोकी निको पार्ने घरेलु उपाय

‘खानपानकै कारण क्यान्सर निको भयो भन्नु भ्रम’ (भिडियोसहित)

‘खानपानकै कारण क्यान्सर निको भयो भन्नु भ्रम’ (भिडियोसहित)

अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन् अधिकार सुनिश्चित गर्न कस्तो नीति ?

अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन् अधिकार सुनिश्चित गर्न कस्तो नीति ?

नवजात शिशु स्याहार्ने ७ परम्परागत उपाय हानिकारक पनि हुनसक्छ

नवजात शिशु स्याहार्ने ७ परम्परागत उपाय हानिकारक पनि हुनसक्छ

३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुख क्यान्सर परीक्षण गरिने

३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुख क्यान्सर परीक्षण गरिने