Comments Add Comment

संसदीय समितिको निर्देशन– अरु बजेट कटौती गरेर भए पनि कोरोना उपचार गर्नू

२१ कात्तिक, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि कोभिड–१९ को निःशुल्क परीक्षण र उपचार गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार भर्चुअल माध्यमबाट बैठक बसी समितिले अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि कोरोना परीक्षण र उपचार निशुल्क गर्ने व्यवस्थाका लागि सुझाव र निर्देशन दिएको हो ।

समितिले निजी अस्पतालमा कोरोना संक्रमितको उपचार कति खर्चमा भइरहेको छ भन्ने अनुगमन गर्न पनि सरकारलाई निर्देशन दिएको छ । सरकारले तोकेको शुल्क भन्दा बढी लिएको पाइएमा कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ ।

कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षा र भत्ताको विषयमा सरकारलाई गम्भीर बन्न भन्दै समितिले तोकेको भत्ता बेलैमा दिन पनि निर्देशन दिएको छ ।

यो पनि पढ्नुहोस स्वास्थ्य मन्त्रालयले संक्रमितको निःशुल्क उपचारसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‍मा लैजाँदै यो पनि पढ्नुहोस अस्पतालको आय घटेपछि कोरोना उपचारमा शुल्क लिएका हौं : स्वास्थ्य सचिव अर्याल यो पनि पढ्नुहोस सरकारको अनुमान : माघ मसान्तसम्म डेढ लाखसम्म संक्रमित थपिन्छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment