+
+

सरकारको अनुमान : माघ मसान्तसम्म डेढ लाखसम्म संक्रमित थपिन्छन्

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २१ गते १३:५४

२१ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ मसान्तसम्म थप १ लाख ४८ हजार जनामा कोरोना संक्रमण हुन सक्ने अनुमान गरेको छ ।

कात्तिकदेखि आगामी माघसम्म थप १ लाख ४८ हजार नयाँ संक्रमित थपिन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्षण अर्यालले बताए ।

‘यसको उपचार र व्यवस्थापनको व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग मिलेर काम गरिरहेका छौं’ उनले भने ।

पहिलो चरणमा असोजसम्म सक्रिय संक्रमितको संख्या मध्यम रहेमा ३९ हजार र बढी रहेमा ९१ हजारसम्म पुग्न सक्ने अनुमान गरेको उनले बताए ।

‘अहिले हामी दोस्रो फेजको माघसम्मको योजना बनाएर काम गरेका छौं’ उनले भने । आगामी जोखिमको तयारीमा रहनका लागि सरकारले स्थानीय तह, जिल्ला, प्रदेश र संघीय अस्पताल निर्माणका लागि बजेट पठाइसकेको अर्यालले बताए ।

उनले सरकारले कोरोना रोकथाममा मात्रै लागेर नहुने पनि बताए । ‘स्वास्थ्य मन्त्रालयले मात्रै कोरोनाको उपचारको व्यवस्थापन गर्न सक्दैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?