Comments Add Comment

दाङका दुई कोरोना संक्रमितको बाँकेमा मृत्यु

२१ कात्तिक, बुटवल । दाङका दुई जना कोरोना संक्रमितको उपचारका क्रममा बाँकेमा मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा दाङका एक/एकजना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा दाङको तुलसीपुर उपमहानगरपालिका–१० की २० वर्षीया सुत्केरी महिलाको शुक्रबार दिउँसो मृत्यु भएको उनले बताए । श्रेष्ठका अनुसार प्रसुति सेवाका लागि उनी १६ कात्तिकमा अस्पतालमा भर्ना भएकी थिइन् । त्यसको भोलिपल्ट डेलिभरी भएपछि उनको स्वास्थ्यमा अचानक समस्या आएको थियो । १८ कात्तिकमा कोरोना परीक्षण गर्दा सोही दिन संक्रमण पुष्टि भएपछि उनलाई अस्पतालको कोभिड युनिटमा सारिएको थियो । आइसोलेसन कक्षमा अक्सिजन सपोर्ट दिएर उपचार गरिएको भएपनि शुक्रबार दिउँसो ३ः२० बजे मृत्यु उनको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताए ।

यसैगरी दाङको लमही नगरपालिका–१० का ६४ वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ । उपचारको क्रममा राति ९ बजे उनको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताए ।

स्वास्थ्यमा समस्या आएपछि १३ कात्तिकमा कोरोना परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट उनीमा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टिभएपछि उनलाई बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि १९ कात्तिकमा भेरी अस्पताल लगिएको थियो । भेरी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिए पनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment