+
+

स्पानिस टोलीमा मोराटाको पुनरागमन

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २२ गते ६:५१

२२ कात्तिक, काठमाडौं । युभेन्ट्सबाट खेल्ने फरवार्ड अल्भारो मोराटा र एट्लेटिको म्याड्रिडका मिडफिल्डर कोकेले स्पेनिस राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

प्रशिक्षक लुइस इनरिकेले तीन अन्तर्राष्ट्रिय खेलका लागि घोषणा गरेको २५ सदस्यीय टोलीमा मोराटा र कोकेसँगै इनिगो मार्टिनेज र मार्कोस लोरेन्टेले पनि अटाएका छन् ।

मोराटाले पछिल्लो पटक सन् २०१९ को नोभेम्बर युरो २०२० को छनोट अन्तर्गत रोमानियाविरुद्ध खेलेका थिए । यस सिजन उनले इटालियन क्लबका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

चार खेलाडीले पुनरागमन गर्दा रोड्रिगा मोरेनो, जोस काम्पाना, डिएगो लोरेन्टे, ड्यानी सेवालोस र थियागो अलकान्टरा भने टोलीमा पर्न असफल रहे ।

स्पेनले नेदरल्याण्ड्ससँग उसैको मैदानमा ११ नोभेम्वरमा मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसपछि नेयुइएफए सन्स लिगअन्तर्गत १४ नोभेम्बरमा स्वीट्जरल्यान्ड १७ नोभेम्वरमा जर्मनीसँग प्रतिस्पर्धा गर्दैछ ।

स्पेन टोली

गोलरक्षक : डेभिड डे हेया, युनाई सिमोन र किपा एरिजाबालगा ।

डिफेन्डर : जेसस नाभास, सर्जी रोबर्टो, सर्जियो रामोस (कप्तान), पाउ टोरेस, इरिक गार्सिया, इनिगो मार्टिनेज, जोस लुइस गाया र सर्जियो रिगुइलोन ।

मिडफिल्ड : सर्जियो बुस्क्वेट्स, रोड्री हर्नान्डेज, मिकेल मोरिनो, फावियन रुइज, सर्जियो कानालेस, कोकी र मार्कोस लोरेन्टे ।

फरवार्ड : अल्भारो मोराटा, फेरान टोरेस, ड्यानी ओल्मो, मिकेल ओयारजावाल, जेरार्ड मोरेनो, अन्सु फाती र एडामा ट्राओर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?