Comments Add Comment

प्रदर्शकलाई तिहारमा पनि निराशा

विगत ८ महिनादेखि सुनसान रहेको नेपाली चलचित्रको अवस्था अझै चलायमान हुन सकेको छैन । केही चलचित्रको छायांकन सुरु भएपनि हलहरु भने बन्द छन् । दैनिक ५० हजार कोरोना संक्रमित देखिएको भारतमा हलहरु सुचारु भैसकेका छन् । ५० प्रतिशत अकुपेन्सीमा प्रदर्शकहरुले पुराना हिट चलचित्र रिलिज गरिरहेका छन् ।

तर, नेपालमा भने ८ महिना भैसक्दा पनि नेपाल सरकारले हल संचालनको बिषयमा कुनै निर्णय गरेको छैन । दशैंमा हल खुल्छ भन्ने आशामा बसेका प्रदर्शकहरु निराश देखिए । चलचित्र विकास बोर्डले तिहारमा हल खुल्छ भन्ने आश्वासन दिएको केही प्रदर्शकले बताएका थिए ।

तर, अब तिहारमा पनि हल खुल्ने संभावना देखिएको छैन । नेपाली चलचित्रका लागि नयाँ वर्ष, दशैं र तिहार चलचित्रले व्यापार गर्ने समय मानिन्छ । तिहारपछि जाडो सुरु हुने भएकाले पनि चलचित्र निर्माताहरु चलचित्र रिलिज गर्न खासै उत्सुक हुँदैनन् । यसैले, तिहारमा हल खुल्ने आशा अब निराशामा बदलिएको छ ।

यसले, प्रदर्शकहरुलाई त समस्यामा पारेको छ नै, हलमा काम गर्ने हजारौ मजदुरको जीवनयापनामा पनि समस्या परेको छ । तर, चलचित्रकर्मीहरुले पहल गर्दा पनि सरकारले यो बिषयमा कुनै ध्यान दिएको पाइदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment