+

शेफिल्डलाई ४-१ ले हराउँदै चेल्सी तेस्रो स्थानमा उक्लियो

२०७७ कात्तिक  २३ गते १०:२० २०७७ कात्तिक २३ गते १०:२०
शेफिल्डलाई ४-१ ले हराउँदै चेल्सी तेस्रो स्थानमा उक्लियो

२३ कात्तिक काठमाडौं । लण्डन क्लब चेल्सी प्रिमियर लिगमा शेफिल्ड युनाइटेडविरुद्ध पुनरागमन जितसहित अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । गएराति भएको खेलमा चेल्सीले घरेलु मैदानमा शेफिल्डलाई ४-१ ले पराजित गरेको हो ।

चेल्सीको मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलको डेभिड म्याकगोलड्रिकल खेलको नवौं मिनेटमै गोल गर्दै शेफिल्डलाई अग्रता दिलाएका थिए । उक्त अग्रता लामो समय टिकेन। २३औं मिनेटमा टमी अब्राहमले चेल्सीको लागि बराबरी गोल गरे । ३४औं मिनेटमा बेन चिलवालले गोल गर्दै चेल्सीलाई पहिलो पटक अग्रता दिलाए ।

पहिलो हाफमा २-१ को अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा दुई गोल थप्यो । ७७औं मिनेटमा थियागोल शिल्भा र ८०औं मिनेटमा टिमो वेर्नरले गोल गरेपछि चेल्सीले ४-१ को जित हात पारेको हो ।

जितपछि ८ खेलबाट १५ अंक जोड्दै चेल्सी तेस्रो स्थानमा उक्लेको छ भने शीर्ष दुई टोलीसंग अंकदूरी १ मा झारेको छ । समान खेलबाट १६ अंकसहित साउथह्याम्पटन शीर्ष स्थानमा छ भने ७ खेलबाट १६ अंक नै रहेको साविक विजेता लिभरपुल दोस्रो स्थानमा छ ।

चेल्सी प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय