
गोरख बहादुर गण शान्ति सेना सातौं डफ्फाका सदस्य । तस्वीर : नेपाली सेना
२३ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत दक्षिण सुडानमा खटिएको नेपाली सेनाको टोली परिवर्तन गरिएको छ ।
हाल दक्षिण सुडानमा खटिएको तारादल गण छैटौं डफ्फालाई बदली गर्नका लागि गोरख बहादुर गण सातौं डफ्फा आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । २१३ जनाको सो टोलीको नेतृत्व प्रमुख सेनानी सुशील प्याकुरेलले गरेका छन् ।
यो टोली पुगेपछि दक्षिण सुडानबाट सेनानी दीपक अर्यालको कमाण्डमा रहेको २११ जनाको टोली यही कात्तिक २४ गते बिहान नेपाल आइपुग्ने छ ।
कोभिड–१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको यो अदली बदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4