+
+

एक महिनामा २९ कोरोनाका बिरामीको हवाई उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २४ गते १६:३१

२४ कात्तिक, काठमाडौं । गम्भीर अवस्थामा रहेका कोरोना भाइरसका संक्रमित बिरामीमध्ये सोमबारसम्म २९ जनाको हवाई उद्धार भएको छ । सिम्रिक एयरले अहिले औपचारिक रुपमा कोरोना संक्रमित बिरामीको हवाई उद्धार गरिरहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट संक्रमितको उद्धारका लागि सिम्रिकले अनुमित पाएको थियो । कम्पनीका अनुसार आइतबार पोखराबाट एक जनालाई हवाई उद्धार गरिएको छ ।

अहिलेसम्म भएका २९ उद्धारमध्ये सबै बिरामीलाई विभिन्न जिल्लाबाट थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।

अहिलेसम्म बुटवल, लहान, भरतपुर, विराटनगर, पाल्पा, विर्तामोड, जुम्ला, धरान, पोखरा, भद्रपुर, धनगढी, वीरगन्ज, ओखलढुंगा र गाइघाटबाट संक्रमित बिरामीलाई हवाई उद्धार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?