+
+
Shares

तिहारका बेला पनि बढेन माटोका भाँडाको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २४ गते १८:१६

२४ कात्तिक, काठमाडौं । दीपावलीमा दियो बाल्नका लागि प्रयोग हुने माटाका पाला देखि माटाका अन्य भाँडाहरु बनाउन यतिबेला भक्तपुरका प्रजापतिहरुलाई भ्याइनभ्याई छ ।

तर यसवर्ष कोरोना भाइरस महामारीका कारण माटाका भाँडाको व्यापारमा असर परेको छ । यस्तै माटो नपाउने समस्याले पेशा नै लोप हुने चिन्तामा प्रजापतिहरु छन् ।

भक्तपुर नगर, मध्यपुर थिमीका प्रजापति समुदाय हिजोआज माटाका पालासहित माटाका भाँडा बनाउन व्यस्त छन् । अन्य समयमा माटाका भाँडाहरु फाटफुट बिक्री हुने गरेको भएपनि तिहारको समयमा भने धेरै नै बिक्री हुने गरेको छ ।

तर यस वर्ष भने निकै कम माग भएको कृष्णश्याम प्रजापतिले बताए । उनले गत वर्ष दैनिक तीन/चार हजारको संख्यामा बिक्री हुने गरेकोमा अहिले आधा भन्दा कम मात्रै बिक्री हुने गरेको बताए ।

तिहारको समयमा माटाका पालाको व्यापार धेरै हुने गरेको छ । त्यसबाहेक पनि अम्बरा, धुपौरो, गमला, सुराई, कालिञ्चा, खुत्रुके लगायतका सामानको माग पनि बढी नै हुने गर्छ । तर यसपटक कोभिडका कारण माग घटेको छ । माटाको भाँडाको माग घटेको भन्दापनि माटो नपाउने समस्या ठूलो भएको प्रजापतिले बताए ।

भुक्तपुरका अधिकांश क्षेत्रमा घना वस्ती बसेसँगै माटो नपाउने समस्या आएको हो । माटो नपाएकै कारण अवको आठ/दश वर्षमा पेशा नै लोप हुने अवस्थामा पुग्ने सम्भावना पनि देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?