+
+
Shares

जन्मकैदको सजाय पाएका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २५ गते १९:४७

२५ कात्तिक, जनकपुरधाम । महोत्तरी प्रहरीले कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएर फरार रहेका एक प्रतिवादीलाई ११ वर्षपछि पक्राउ गरेको छ ।

महोत्तरीको तत्कालिन बगडा गाविस-१ (हाल लोहारपट्टी नगरपालिका-१) बस्ने राजकरण यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २०६६ मंसीर १८ गते धान राख्ने खलिहानमा सुतिरहेका सोही ठाउँका रामाशिष यादवलाई राजकरणसहित १५ जनाको समूहले टाउको लगायत शरीरका बिभिन्न भागमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए । रामाशिषको उपचारका क्रममा २०६६ साल माघ १३ गते धरानमा मृत्यु भएको थियो ।

उक्त कर्तव्य ज्यान मुद्दामा कसुरदार ठहरी महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय तोकिएपछि फरार रहेका अभियुक्त राजकरणलाई उनको घरबाटै पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले जानकारी दिए ।

पक्राउ परेका उनलाई जिल्ला अदालतमा पेश गरिएको र उनको कोरोना परीक्षणको लागी हाल जिल्ला प्रहरी कार्यालयमै राखिएको बिष्टले बताए ।

यस्तै, धनुषा जिल्ला अदालतबाट बिगो मुद्दामा १ वर्ष कैद सजाय पाएका अर्काे एक व्यक्तिलाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा महोत्तरीको भंगाहा नगरपालिका-८ धरमपुर बस्ने ध्रुब राउत छन् ।

उनलाई उनकै गाउँबाट पक्राउ गरी धनुषा जिल्ला अदालतमा आवश्यक कारबाहीका लागि धनुषा प्रहरीको जिम्मा लगाएको प्रबक्ता बिष्टले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?