२६ कात्तिक काठमाडौं । बाबर अजाम पाकिस्तानको टेष्ट टिमको कप्तान चयन भएका छन् । अब बाबर टेष्ट, ओडिआई र टी-२० तीनवटै फर्म्याटमा पाकिस्तानको कप्तान बनेका छन् । बाबरले टेष्ट कप्तानमा अजर अलीलाई ‘रिप्लेस’ गरेका हुन् ।
टेष्ट कप्तानको रुपमा बाबरको पहिलो ड्युटी आईसीसी वर्ल्ड टेष्ट च्याम्पियनसिप अन्तर्गत न्यूजिल्याण्डविरुद्धको सिरिज हुनेछ । उक्त सिरिज डिसेम्बरमा सुरु हुनेछ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष एहसान मनीले अजर अलीसँग मंगलबार सल्लाह गरेर बाबरलाई कप्तान चयन गरेको बताए । उनले अजर अलीलाई धन्यवाद समेत दिए । यस्तै बाबरलाई शुभकामना समेत दिएका छन् ।
टेष्ट कप्तान चयन भएपछि बाबरले आफू सच्चा रुपमा सम्मानित भएको अनुभव गरेको बताएका छन् ।
 
                    










 २०७७ कात्तिक  २६ गते ७:२२
                        २०७७ कात्तिक  २६ गते ७:२२                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4