Comments Add Comment

निर्मात्री बन्ने तयारीमा आँचल

नेपाली चलचित्रमा नायिकाहरु निर्मात्री बन्ने क्रम बढिरहेको छ । विशेषगरि, आफ्नै ब्यानरबाट चलचित्र बनाउँदा भविष्य पनि सुरक्षित हुने वुझाई धेरैको छ । यसैले पनि धेरै नायिकाहरुले चलचित्र निर्माणमा हात हालेका छन् । जसमा केही सफल छन् भने केही असफल भएका छन् ।

अब, नायिका आँचल शर्माले पनि चलचित्र बनाउने तयारी थालेकी छिन् । उदिप श्रेष्ठसँग बिहे गरेपछि आँचलले पनि चलचित्रमा लगानी गर्ने सोच बनाएकी हुन् । यसका लागि उदिप र आँचलले तयारी पनि गरिरहेका छन् । तर, यो प्रोजेक्ट सुरु हुन केही समय भने लाग्ने वुझिएको छ ।

चलचित्रका लागि निर्देशक मिलन चाम्सलाई अफर गरिएको छ । यो बिषयमा मिलन भन्छन्–‘म उदिपसँग नजिक छु । उदिप र आँचलको चलचित्र बनाउने सोच छ । यसका लागि उनीहरु तयारी पनि गरिरहेका छन् । म आफै लगातार ३ वटा चलचित्र निर्देशन गर्दैछु । यसैले, यी तिन चलचित्र नसकेसम्म आँचलको चलचित्रको काम सुरु गर्न मलाई गाह्रो पर्छ ।’

आँचल र उदिप पनि चलचित्रलाई विशेष बनाउने तयारीमा छन् । यसका लागि केही समय लिने तर राम्रो चलचित्र बनाउने उनीहरुको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment