Comments Add Comment

जाडोमा नगरौं यी गल्ती, भइएला बिरामी

बढ्दो जाडोको समयमा प्रायः हामी आफैँलाई सुरक्षित राख्न विभिन्न तरिकाहरू अपनाउँछौं । ताकि हामी चिसोमा समस्याबाट जोगिन सकौं । तर यस्तो बेलामा गरिने सानातिना गल्तीहरू पनि हुन्छन्, जसको कारण उनीहरू स्वास्थ्य समस्या वा संक्रमणको जोखिममा बढ्न सक्छ । यसको लागि आवश्यक छ कि हामी चिसो मौसममा आफूलाई जोगाउन र कुनै पनि संक्रमणसँग लड्न हामीले आफ्नो सामान्य जीवनशैलीमा परिवर्तन ल्याउनै पर्छ ।

मौसम परिवर्तनका कारण हाम्रो स्वास्थ्य धेरै जोखिमहरूको बीचमा छौं । रुघा र ज्वरोको समस्या यो समयमा सबैको लागि सामान्य विषय हो । यी चीजहरूबाट जोगिन हामीले केही गल्तीहरूबाट टाढा रहनुपर्छ ।

कम पानी पिउने बानी

धेरै मानिसहरू जाडोमा कम पानी पिउँछन्, जसको कारणले शरीरमा पर्याप्त पानी प्राप्त हुँदैन । जसले पछि स्वास्थ्य समस्या निम्त्याउन सक्छ । जबकि प्रत्येक व्यक्तिले हिउँदमा पनि नियमित रूपमा पानी पिउनुपर्छ, ताकि शरीरमा पानीको कमी नहोस् । यसका साथ तपाईं नियमित रूपमा बाहिर निस्कन सक्नुहुन्छ ।

अनियमित खाने बानी

चिसोमा धेरै बाहिरको खानेकुरा खानु हुँदैन । बाहिरको खानमा हुने अधिक तेलको प्रयोगले उनीहरूको खाना खाने बानी बिग्रिन थाल्छ । सबैलाई थाहा छ कसरी तैलीय खानाले हाम्रो स्वास्थ्यलाई असर गर्छ भन्ने त । यसले तपाईंलाई धेरै स्वास्थ्य समस्याहरूको खतरा निम्त्याउन सक्छ । यसका लागि तपाईंले आफ्नै घरमा बनाएको खाना र स्वस्थ खाना खानु आवश्यक छ ।

आहारमा हरियो पात भएको तरकारीहरू धेरै समावेश गर्नु राम्रो हुन्छ । जसले हाम्रो स्वास्थ्यमा सकारात्मक सञ्चार गराउँछ । साथै, यसले धेरै किसिमको संक्रमणहरूबाट पनि बचाउँछ । अधिकांश बच्चाहरू यस्तो बानीको शिकार भएका छन्, जो बाहिरको फास्टफूडमा धेरै रमाउँछन् । यस्तो काम बच्चाबाट रोक्नुपर्छ ।

व्यायाम त्याग्नु 

व्यायाम हामीलाई शारीरिक र मानसिक रूपमा स्वस्थ राख्न धेरै उपयोगी छ । जाडोमा व्यायाम गर्दा यसले दिनभर न्यानो र सक्रिय महसुस गर्दछ । तर धेरै मानिसहरूले बढ्दो चिसोका कारण व्यायाम छोड्छन्, जसका कारण गर्दा उनीहरू घरमा सुस्त महसुस गर्न थाल्छन् । जबकि, तपाईंले आलस्यबाट जोगिन र स्वस्थ रहन जाडोमा नियमित व्यायाम गर्नुपर्छ । जसको सहयोगमा तपाईं लामो समयसम्म स्वस्थ रहन सक्नुहुन्छ ।

छालामा मोइस्चराइजर प्रयोग नगर्नु 

जाडोको समयमा चिसो हावाले तपाईंको छाला पूर्ण रूपमा सुक्खा बनाउँछ र छाला बिग्रन पनि सक्छ । यसबाट बच्नको लागि हामीले नियमित रूपमा मोइस्चराइजर प्रयोग गर्नुपर्छ कि छाला लामो समयसम्म ओसिलो रहोस् । तर धेरै मानिसहरूले गर्मीको बानी जाडोमा पनि देखाउँछन् । जाडो मौसममा पनि कुनै किसिमको मोइश्चराइजर प्रयोग गर्दैनन्, जसले गर्दा तिनीहरूको छाला पूर्ण कडा र सुक्खा हुन्छ । यसले धेरै छाला सम्बन्धी समस्या र संक्रमणको जोखिम पनि बढाउँछ ।

रक्सी धेरै नपिउनुहोस्

रक्सीले हाम्रो स्वास्थ्यलाई धेरै कोणबाट हानि पु¥याउँछ, तपाईं सबैलाई थाहा भएकै कुरा हो यो । तर अझै पनि धेरै मानिसहरू जाडोमा धेरै रक्सी पिउन थाल्छन् । जसका कारण धेरै स्वास्थ्य समस्याहरू हुन थाल्छ, यसबाट जोगिनको लागि चिसोमा पनि रक्सीको खपत सीमित गर्नुपर्छ । सकेसम्म सेवन कम गर्नुहोस् । यससँग तपाईं लामोसमय स्वस्थ रहन सक्नुहुन्छ ।

माथि उल्लेखित सुझावहरू जाडोको समयमा गरेको सामान्य गल्तीहरूको बारेमा हो, जसले तपाईंलाई आफ्नो दैनिक तालिकाबाट टाढा रहन र आफूलाई स्वस्थ राख्न मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment