Comments Add Comment

शाक्यले पाए प्राधिकरणको कायममुकायम प्रमुखको जिम्मा

तत्काललाई बाहिरबाट नियुक्ति टर्‍यो

२४ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कायममुकायम (कामु) कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ ।

ऊर्जा मन्त्रालयले आइतबार शाक्यलाई निमित्त कार्यकारीमा नियुक्त गरेको थियो । प्राधिकरणको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले शाक्यलाई कामु कार्यकारी निर्देशकको जिम्मा दिएको हो ।

अब उनले कार्यकारी निर्देशकसरहकै सेवा सुविधा र अधिकार पाएका छन् । यसअघि कार्यकारी निर्देशक रहेका कुलमान घिसिङको भदौ २९मा कार्यकाल सकिएपछि ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त प्रमुखको जिम्मा दिएका थिए ।

तर, कोइरालाभन्दा बरिष्ठ उपकार्यकारी निर्देशक रहेका शाक्य प्राधिकरणकै सहायक कम्पनी ‘एनईए इन्जिनियरिङ कम्पनी’मा प्रवन्ध निर्देशकममा रुपमा काम गरिरहेका थिए । उनी सोमबारबाट प्राधिकरणमा निमित्त कार्यकारीको रुपमा आएका थिए । बुधबार नै उनले कामुको जिम्मेवारी पाएका छन् । योसँगै अब प्राधिकरणमा कुलमान घिसिङ वा अन्य कुनै पात्र कार्यकारी निर्देशकका रुपमा आउने सम्भावना तत्कालका लागि टरेको छ ।

मन्त्रिपरिषदमा घिसिङलाई नियुक्त गर्न लगिएको प्रस्तावमा प्रधानमन्त्रीले छलफल नै गराएका छैनन् । अब शाक्यले नै प्राधिकरणको कामु प्रमुखका रुपमा नेतृत्व गर्नेछन् ।

शाक्य प्रसारणलाइनका जानकार मानिन्छन् । उनी २०७३ अघि अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तरगत तयारी चरणको परियोजनामा पनि खटिएका थिए ।

प्राधिकरणबाट घिसिङ बाहिरएपछि शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकमा आˆनो दावेदारी रहेको बताएका थिए । पूर्वको इलाम बजार स्थायी घर भएका शाक्यले बिई गरेका छन् । उनले प्रणाली सञ्चालनमा स्नातकोत्तर पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment