+

विश्वकप छनोटका बाँकी खेलको मिति तय

२०७७ कात्तिक  २७ गते ७:५० २०७७ कात्तिक २७ गते ७:५०
विश्वकप छनोटका बाँकी खेलको मिति तय

२७ कात्तिक, काठमाडौं । फिफा विश्वकप २०२२२ र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत समूह चरणका बाँकी खेलहरुको मिति तय भएको छ । एसियाली फुटबल महासंघ एएफसीको कम्पिटेसन कमिटीको अनलाइन बैठकले नयाँ मिति स्वीकृत गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण छनोटका खेलहरु स्थगित भएका थिए ।

दोस्रो चरणको छनोटका खेलहरु २०२१ जुन १५ सम्म सक्ने सहमति भएको छ । जस अन्तर्गत छनोटको म्याच डे ७ र ८ को खेल २०२१ मार्चमा गर्ने र म्याच डे ९ र १० को खेल २०२१ जुनमा गर्ने भएको हो ।

यस्तै एसियन क्वालिफायर्सको अन्तिम चरणका खेलहरु २०२१ सेप्टेम्बरमा गर्ने सहमति भएको छ ।

विश्वकप छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय