+
+
Shares

मोटरसाइकलको ठक्करबाट कैलालीमा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २७ गते ११:४४

२७ कात्तिक, कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ ।

लम्की चुहा नगरपालिका वडानम्बर ३ गोराङ्गेमा से४प ९२५६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ३५ वर्षीया महिलाको मृत्यु भएको हो । उनको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी महिलाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिए ।

महिलाको शव अस्पतालमै राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?