Comments Add Comment

नेपालगञ्जमा निर्माण हुने एकीकृत भन्सार जाँच चौकीको शिलान्यास

२७ कात्तिक, काठमाडौं । शहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठ र भारतका वाणिज्य र उद्योगमन्त्री पियुष गोयलले नेपालगञ्जमा निर्माण हुने एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माणको शिलान्यास गरेका छन् ।

दुवै मन्त्रीले अनलाइनमार्फत आईसीपीको शिलान्यास गरेका हुन् । सो कार्यक्रममा दुवै देशका उच्च अधिकारीहरु सहभागी थिए ।

भारत सरकारले नेपाल र भारत दुवैतिर आईसीपी निर्माण गर्नेछ, जसको उद्देश्य सीमापार कार्गाे ट्रकको आवतजावतलाई सहज बनाउनु हो । त्यसैगरी अन्य अध्यागमन सम्बन्धी काम पनि यसले गर्नेछ । यसअघि वीरगञ्ज र विराटनगरमा आईसीपी सञ्चालनमा आइसकेको छ ।

काठमाडौस्थित भारतीय दूतावासले एक विज्ञप्ति प्रकाशित गर्दै नेपालसँग कनेक्टिभिटी बढाउन भारत सरकार प्रतिवद्ध रहेको बताएको छ । सो कार्यक्रममा भारतीय मन्त्री गोयलले भैरहवामा चौथो आईसीपी निर्माण गर्ने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment