+
+
Shares

सिराहाबाट झण्डै ७ लाख नक्कली नेपाली नोटसहित तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २७ गते १८:२२

२७ कात्तिक, जनकपुरधाम । झण्डै ७ लाख नक्कली नेपाली नोटसहित सिराहाबाट तीन जना पक्राउ परेका छन् ।

जिल्लाको गोलबजार नगरपालिका-६ लामाटोलबाट बिहीबार दिउँसो ७ लाख नक्कली नोटसहित तीन जनालाई नियन्त्रणमा लिइएको सिराहा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका-१२ बेतौनाका २५ वर्षीय धिरज यादव, २० वर्षीय सञ्जय राय र कल्याणपुर नगरपालिका-७ का २४ वर्षीय विमलेन्द्र नायक छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कर्यालय गोलबजार र सशस्त्र प्रहरी बेस क्याम्प गोलबजारको संंयुक्त टोलीले उनीहरुको साथबाट ६ लाख ८४ हजार रुपैयाँको नक्कली नोट बरामद गरेको छ ।

यसमध्ये ३ लाख नक्कली नोट पूर्ण रुपमा तयारी अवस्थामा र ३ लाख ८४ हजार फोटोकपी कागजमा प्रिन्ट गरी राखिएको र काट्न बाँकी रहेको अवस्थामा बरामद भएको सिराहाका प्रहरी प्रबक्ता शालिग्राम शर्माले बताए ।

पक्राउ परेका तीनै जना गत असोज २१ गतेदेखि गोलबजार नगरपालिका-६ लामाटोलका वीरेन्द्र महतोको घर भाडामा लिएर बस्दै आएका थिए ।

उनीहरुको कोठाबाट ३ थान मोबाइल, १ थान ल्यापटक, १ थान कलर प्रिन्टर र कागज काट्न प्रयोग गरिने चक्कु पनि फेला परेको छ ।

तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?