Comments Add Comment

विश्वकप छनोट : अर्जेन्टिना पाराग्वेसँग बराबरीमा रोकियो

२८ कात्तिक, काठमाडौं । फिफा विश्वकप २०२० कतार अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पाराग्वेसँग बराबरीमा रोकिएको छ । अर्जेन्टिनाले पारागवेसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

यसअघिका दुई खेलमा जित हात पारेको अर्जेन्टिनाले बराबरीपछि अंक तालिकामा तीन अंकको अग्रता बनाउने अवसर गुमायो ।

शुक्रबार बिहान अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्सको राष्ट्रिय रंगशालामा भएको खेलमा पारागव्ले पहिले अग्रता लिएको थियो । २१औं मिनेटमा प्राप्त पेनाल्टीमा एंगल रोमेरोले गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए । त्यो अग्रता लामो समय टिकेन । ४१औं मिनेटमा निकोलस गोन्जालेजले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफमा दुवै टोलीले गोल थप्न सकेनन् र अंक बाँडे ।

बराबरीपछि ३ खेलबाट ७ अंक जोडेको अर्जेन्टिना दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा छ । समान खेलबाट ५ अंक रहेको पाराग्वे चौथो स्थानमा छ ।

यस्तै बोलिभयालाई ३-२ ले पराजित गर्दै छनोटमा दोस्रो जित हात पारेको इक्वेडर ६ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ । दुई खेलबाट ६ अंक जोडेको ब्राजिल दोस्रो स्थानमा छ ।

१० टोली सम्मिलित दक्षिण अमेरिकी छनोटमा होम एण्ड अवेका आधरामा राउण्ड रोविन खेल हुनेछ र शीर्ष चारमा रहने टिम सिधै विश्वकपमा छनोट हुनेछन् । पाँचौ हुने टिमले अन्तरमहादेशिय प्लेअफ खेल्न पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment