+

२२ वर्षको खडेरी तोड्दै स्कटल्याण्ड युरो कपमा छनोट

२०७७ कात्तिक  २८ गते १०:५४ २०७७ कात्तिक २८ गते १०:५४
२२ वर्षको खडेरी तोड्दै स्कटल्याण्ड युरो कपमा छनोट

२८ कात्तिक, काठमाडौं । २२ वर्षको खडेरी तोड्दै स्कटल्याण्ड अर्को वर्ष आयोजना हुने युरो कपमा छनोट भएको छ ।

बिहीबार राति भएको खेलमा सर्वियालाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै स्कटल्यान्डले युरोकपमा छनोट भएको हो ।

स्कटल्याण्ड सन् १९९८ पछि कुनै पनि ठुलो प्रतियोगितामा छनोट भएको यो पहिलो पटक हो । स्कटल्याण्डले अन्तिम पटक सन् १९९८ मा फ्रान्समा भउको विश्वकप फुटबल खेलेको थियो। स्कटल्याण्डसंगै हंगेरी, नर्थ म्यासेडोनिया र स्लोभाकिया पनि युरोकपमा छनोट भएका छन् । यससँगै अर्को वर्ष युरोकप खेल्ने हुनै सबै २४ टोलीको टुंगो लागेको छ ।

सर्वियाको मैदानमा भएको खेलको निर्धारित समय र थप गरिएको ३० मिनेटपछि खेल १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टीसुटआउटपछि भएको हो ।

जसमा स्कटिस गोलकिपरले सर्वियाका एलेक्जान्डर मिटरोभिकको निर्णायक पेनाल्टी बचाए । पेनाल्टी सुटआउटमा स्कटल्यान्डका लेइग ग्रिफिट्स, कलुम म्याकग्रेगर, स्कट म्याकटोमिने, ओलिभर म्याकब्रुन र केनी म्याकलिनले गोल गरे ।

सर्वियाका लागि डुसान टाडिक, लुका जोभिक, नेमान्जा गुडेल्ज र एलेक्सान्डर काटाईले गोल गर्दा एलेक्जान्डर मिट्रोभिकले प्रहार गरेको अन्तिम पेनाल्टी स्कटल्याण्डका गोलकिपर डेभिड मार्सलले बचाए ।

त्यसअघि निर्धारियत समयमको ५२औं मिनेटमा रायन क्रिस्टिले गोल गर्दै स्कटल्यान्डलाई अग्रता दिलाएका थिए भने ९०औं मिननेटमा लुका जोभिकले सर्वियाका लागि बराबरी गोल फर्काएका थिए ।

यस्तै हंगरेरीले आइसल्याण्ड तथा स्लोभाकियाले उत्तरी आयरल्याण्डलाई समान २-१ ले पराजित गर्दै युरोकपमा स्थान बनाएको हो । यस्तै नर्थ म्यासोडेनियाले जर्जियालाई १-० ले पराजित गर्दै युरो कपमा छनोट भएको छ ।

समूह विभाजन

समूह ‘ए’ : टर्की, वेल्स, इटाली र स्वीट्जरल्यान्ड

समूह ‘बी’ : डेनमार्क, बेल्जियम, फिनल्यान्ड र रसिया

समूह ‘सी’ : नेदरल्यान्ड्स, अष्ट्रिया, युक्रेन र नर्थ म्यासेडोनिया

समूह ‘डी’ : इंग्ल्यान्ड, स्कटल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक

समूह ‘इ’ : स्पेन, पोल्यान्ड, स्वीडेन र स्लोभाकिया

समूह ‘एफ’ : हंगेरी, फ्रान्स, पोर्चुगल र जर्मनी

स्कटल्याण्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय