Comments Add Comment

धन्वन्तरिको आशीर्वाद लिएर जब चरक र सुश्रुतले आयुर्वेदबारे प्रकाश पारे

काठमाडौं । भारतीय पौराणिक दृष्टिकोणबाट हेर्दा धन्वन्तरि स्वास्थ्य वा आयुर्वेदका देवताको रूपमा चिनिन्छ । प्राचीन साहित्य वेदमध्ये पनि अथर्व वेदको उपवेदको रूपमा रहेको आयुर्वेदको सिर्जना गर्ने श्रेय पनि कतिपयले उनलाई नै दिएका छन् । पछि उनकै आशीर्वाद लिएर चरक, सुश्रुत जस्ता ऋषिहरूले विभिन्न संहिताहरूको रचना गरे भन्ने कतिपय शास्त्रको मान्यता छ ।

तिनै उपचार, स्वास्थ्य, उमेर र महिमाका आराध्य देव धन्वन्तरिको जन्मदिनको रूपमा आयुर्वेदका विद्यार्थी एवं आयुर्वेदसँग सम्बन्ध राख्नेहरूले आजको दिनलाई विशेष रुपमा मान्छन् । भगवान् धन्वन्तरिलाई यसदिन सम्पूर्ण विश्वलाई निको पार्ने र मानव समाजलाई दीर्घायु प्रदान गर्न भगवानको रुपमा पूजा गर्ने गरिन्छ ।

भगवान् धन्वन्तरि आयुर्वेद संसारका प्रवर्तक र वैद्य शास्त्रका ज्ञाता थिए । प्राचीन समयमा आयुर्वेदको उत्पत्ति ब्रह्माबाटै भएको हो भन्ने मान्यता थियो, किनकि वेदलाई पनि अपौरुषेय साहित्यको रुपमा मानिन्छ । आदि कालका ग्रन्थहरूको रूपमा वेदपछि रामायण–महाभारत र विभिन्न पुराणहरूलाई मान्ने गरिन्छ । जसमध्ये सबैजसो ग्रन्थहरूले भगवान् धन्वन्तरिलाई आयुर्वेदको सन्दर्भमा उल्लेख गरेको पाइन्छ ।

धन्वन्तरिका तीन रुप

विभिन्न साहित्यिक स्रोतमा तीन किसिमका धन्वन्तरिको वर्णन देख्न सकिन्छ । जसमध्ये समुद्र मन्थनबाट उत्पन्न धन्वन्तरि प्रथम, धन्वका पुत्र धन्वन्तरि द्वितीय र काशिराज दिवोदास धन्वन्तरि तेस्रा धन्वन्तरि हुन् ।

विष्णु पुराणका अनुसार धन्वन्तरि दीर्घतथाका पुत्र थिए । यसमा भनिएको छ कि उनी थोरै पनि विकारले रहित मान्छे हुन् । आत्मा र इन्द्रिय तथा सबै जन्ममा सर्वशास्त्रका ज्ञाता उनलाई भगवान् नारायणले पूर्वजन्ममा वरदान दिएका थिए ।

पुराणबाहेक अन्य ग्रन्थमा समेत धन्वन्तरि प्रथम र द्वितीयको वर्णन देख्न सकिन्छ । उनको बारेमा आयुर्वेद शास्त्रमा पनि धेरै उल्लेख पाइन्छ । जसमध्ये आयुर्वेद आदि ग्रन्थमा सुश्रुत संहिता, चरक संहिता, काश्यप संहिता तथा अष्टाङ्ग हृदयमा उनको वर्णन पाउन सकिन्छ ।

यसका अतिरिक्त अन्य आयुर्वेदिक ग्रन्थहरू भाव प्रकाश, शार्गधर तथा उनको नै समकालीन अन्य ग्रन्थमा आयुर्वेदावतरणमा समेत उनको प्रसंग उद्धृत छ । यसमा भगवान् धन्वन्तरिको सम्बन्धमा समेत प्रकाश पारिएको छ ।

महाकवि व्यासद्वारा रचित श्रीमद्भागवतपुराणका अनुसार धन्वन्तरिको भगवान विष्णुका एक अंश हुन् । धन्वन्तरिको आयुर्वेद, सुश्रुत संहिता, चरक संहिता, कश्यप संहिता र अष्टांग हृदय जस्ता विभिन्न साहित्यमा विभिन्न रुपमा उल्लेख गरिएको छ ।

पुराण एवं सोही सरहका ग्रन्थहरूमध्ये महाभारत, विष्णु पुराण, अग्नि पुराण, श्रीमद्भागवत महापुराण आदिमा धन्वन्तरिको वर्णन पाइन्छ । देव र असुर एकै बुबा कश्यप ऋषिको सन्तान रहेको कुरा पौराणिक कथामा पाइन्छ । तर तिनीहरूको वंश बढ्दै जाँदा उनीहरूमा सत्ता संघर्ष सुरु भयो ।

तीनै जनाले संसारमा सार्वभौमिकता चाहेका थिए । असुरहरू वा राक्षसहरूका गुरु शुक्राचार्य थिए, जसले सञ्जीवनी विद्याको बलमा मरेका असुरहरूलाई पनि बचाउँदै लगे । यसबाहेक दानव राक्षसहरू स्वस्थ र मांसाहारी भएको कारण ईश्वरीय हतियारको बारेमा जानकार पनि थिए । त्यसकारण युद्धमा देवताहरूको पराजय बढी भयो ।

पुरादेवऽसुरायुद्धेहताश्चशतशोसुराः

हेन्यामान्यास्ततो देवाः शतशोऽथसहस्त्रशः

गरुड र मार्कण्डेय पुराणका अनुसार वेद मन्त्रद्वारा अभिमन्त्रित भएका कारण आयुर्वेदका ज्ञातालाई वैद्य भनिएको हो । किनकि उनीहरूलाई वैदिक मन्त्रले आह्वान गर्ने गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment