+
+
Shares

९५३३ को परीक्षण गर्दा २१११ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २८ गते १६:३३

२८ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ३५३७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ रहेको छ ।

कहाँ कति संक्रमित ?

पछिल्लो २४ घण्टामा काठमाडौंमा ९१९, ललितपुरमा १८०, भक्तपुर, मोरङ र सुनसरीमा १०८÷१०८, कास्कीमा ७६, नवलपरासी पूर्वमा ४७, कैलालीमा ४१, काभ्रे र रुपन्देहीमा ४०/४० जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बाँकेमा ३३, सिराहा र पाल्पामा १९÷१९ जना, धादिङ र नुवाकोटमा १७, जना, सप्तरीमा १६ जना, धनुषा र बर्दियामा १५, कञ्चनपुरमा ११ र स्याङ्जामा १० जना संक्रमित भेटिएका छन् ।

सिन्धुपाल्चोक र डोटीमा ९/९, दाङमा ८, उदयपुर, सोलुखुम्बु, पर्सा, महोत्तरी, दोलखा, नवलपरासी र रोल्पामा ७/७ जना, सर्लाही, सिन्धुली, बागलुङ र गुल्मीमा ६/६ जना, तेह्रथुम, गोरखा र कपिलवस्तुमा ५/५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै इलाम, पाँचथर, भोजपुर, तनहुँ, प्युठान र बझाङमा ४/४, खोटाङ, धनकुटा, संखुवासभा, रौतहट, रामेछाप, पर्वत, सुर्खेत र दार्चुलामा ३/३, बारा, म्याग्दी, लमजुङ र सल्यानमा २/२ जना र ओखलढुंगा, ताप्लेजुङ, रसुवा, दैलेख, रुकुम पश्चिम, हुम्ला र अछाममा १/१ जना संक्रमित भेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?